बानपा ४ निरयघाटमा म्याग्दि रघुगंगा- ९ राखु घर भइ निरयघाट मानव सेवा आश्रम नवनिर्मित भवन नजिकै बस्दै आउनुभएका ५७ बर्षिय कमला भण्डारी मृत फेला पर्नुभएकाे छ ।
३१ गते साझ बाट हराउनुभएकि भण्डारी घर नजिकै कालिगण्डकि नदिकाेकाे बगरमा आज मृत फेला पर्नु भएकाे श्रीमान हर्क भण्डारीले जनाउनुभयाे ।
३१ गते सांझ ७ बजे खाजा खाएर निस्केकि भण्डारी आज बिहाना १० बजेतिर मलामी गएका व्यक्तिहरुले मृत अवस्थामा देखेपछि परिवार, जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए ।
ज्यालमजदुरीकाे काम गर्ने हर्क भण्डारी वृद्दाश्रमकाे भवनकाे ढलानकाे काममा गएका थिए । “राति १० बजे सम्म ढलान काम सकेर घर आउदा श्रीमती देखिन्। दुइ दिन सम्म घर नफर्केपछि यताउता खाेजी गरे कतै देखिन्।” भण्डारीले भन्नुभयाे ।
सधै घरबाहिर जाने र कहिलेकाही मादकपदार्थ सेवन पनि गर्ने भएकाले उक्त दिन पनि साेहि कारणले लडेर ज्यान गएकाे हुनसक्ने आशंका गरिएकाे छ ।
मृतक भण्डारी ढिकबाट करिब १५ मिटर तल गण्डकी बगरकाे कुनामा भेटिनुभएकाे थियाे । मृतककाे मुख र टाउँकाेमा चाेट देखिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङकाे टाेलीले जनप्रतिनिधिकाे राेहवरमा मुचुल्का उठाइ आवश्यक अनुसन्धान अघि बढाएकाे छ ।
मृतककाे शव पाेष्टमार्टमका लागि धाैलागिरी अस्पतालमा राखिऐकाे छ ,।मृतक भण्डारीका २ छाेरी र एक छाेरा छन् ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
