राष्ट्रिय स्वतन्त्र पार्टि बागलुङले चुनावलाई केन्द्रित गरेर आफ्नो सम्पर्क कार्यालयको बागलुङ बजारमा उद्घाटन गरेको छ ।
बा.न.पा २ अदालतरोडमा सम्पर्क कार्यालय सुरुवात गर्दै स्वतन्त्र पार्टी बागलुङका सभापती गणेश पौडेलले यसपालीको प्रतिनिधी सभा तथा प्रदेश सभा चुनावमा राट्रिय स्वतन्त्र पार्टीका क्षमतावान उम्मेदवारहरुलाई सानदार मतले जिताउन आग्रह गर्नुभयो ।
प्रतिनिधी सभा क्षेत्र १ का प्रत्यक्ष उम्मेदवार इन्जिनियर खीमानन्द कँडेलले यो वा त्यो वाहनामा दल र नेताहरुले देश लुट्ने बाहेक अरु कुनै काम नगरेकोले देशको उन्नती परम्परागत दल र नेताबाट सम्भव नभएकोल बताउनुभयो । “ अब राष्ट्रिय स्वतन्त्र पार्टीका क्षमतावान उम्मेदवारलाई भारी मतले जिताउने बेला आएको छ । आम नागरिकले बेलैमा चेत खोल्नु जरुरी छ । ” कडेँलले भन्नुभयो ।
देशमा अनियमितता, भ्रष्टचार तिब्र रुपमा मौलाएकोले यसको अन्त्यका लागि र समग्र जिल्लाको विकास र परिवर्तनको स्पष्ट खाँका सहित आफूले उम्मेदवारी दिएकोले युवा,सचेत वर्ग सबैले समयमै आफ्नो भविष्यको फैसला गर्ने बेला आएको र भ्रष्टचार र अनियमितताको विरुद्ध घण्टि बजाउने बेला भैसकेको जानकारी दिनुभयो ।
कार्यक्रममा समानुपातिक उम्मेदवार महेन्द्र खड्का सहित नेता कार्याकर्ताको उपस्थिती रहेको थियो । दिप प्रज्वलन र मन्त्रोच्चार गरेर विधिवत रुपमा कार्यालयको स्थापना गरिउको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले चुनाव केन्द्रित गरी जिल्लाभर विभिन्न अभियान थालेको छ । अनलाईन मार्फत पार्टीमा जोडिन सकिने गरि पार्टी सदस्य र समर्थकहरुलाई आव्हान गरेको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
