चित्र बहादुर केसी भन्छन् : प्रतिगमन र अग्रगमन बीच जीवन मरणकाे लडाई छ (पूरा भिडियाे ) - Elaka Khabar

चित्र बहादुर केसी भन्छन् : प्रतिगमन र अग्रगमन बीच जीवन मरणकाे लडाई छ (पूरा भिडियाे )

बागलुङ  क्षेत्र १ का सत्ता गठबन्धन उम्मेदवारले प्रतिगमन विरुद्द आफूहरु एक ढिक्का भएर आएकाे बताएका छन् ।
बागलुङ बजारमा पत्रकार सम्मेलन आयाेजना गरि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारले उक्त कुरा बताएका हुन् ।
बागलुङ क्षेत्र नं १ का उम्मेद्वार जनमाेर्चाका अध्यक्ष चित्र ब केसीले गठबन्धन दलबिच विचार सिद्धान्त नमिलेकाे हाैवा फैलाएकाे प्रति सबै सचेत भएर लाग्नुपर्ने बताउनुभयाे ।
विशेष कालखण्डमा गठबन्धन गरेर देशकाे कठिन अवस्था पार गरेकाे स्मरण गर्दै पञ्चायत विरुद्द,राजा विरुद्द र प्रतिगमन विरुद्द पनि सधै गठबन्धन गरेर अघि बढेकाे तथ्य अघि सार्नुभयाे ।
अहिले पनि प्रतिगमनकाे विरुद्द सबै एक ठाउँमा भएर त्यसलाइ परास्त गर्नुपर्ने भएकाले यसपालि पनि गठबन्धन दलका आफ्ना कुरा गाैण बनाएर सबै एक ठाउँमा आएको  केसीले बताउनुभयाे ।
“सयुक्त माेर्चा,कार्यगत एकता भनेकाे खास मुद्दामा मिलेर जान सकिने भएकाले गठबन्धन गरेर अघि बढ्नु सामान्य बिषय हाे । यसलाई गलत ढंगले बुझ्नु हुदैन ।”केसीले भन्नुभयाे ।
केसीले सांसदलाइ सिकार गरेर देशलाइ आर्थिक भार पार्ने,चुनावमा धकेल्नेलाई राेक्न,सांसद भत्काएर प्रतिगमन गर्ने प्रवृत्ति विरुद्द गठबन्धनले सहि काम गरेर संविधानकाे रक्षा गरेकाे जिकिर गर्नुभयाे ।
याे चुनाव अग्रगमन र प्रतिगमनकाे बीच जीवन मरणकाे लडाई रहेकाे पनि केसीले बताउनुभयाे ।

 “अहिलेकाे व्यवस्था जाेगाउन सम्म कठिन भएकाले प्रतिगमनलाइ हराउन जनताले हामीलाइ जिताउनुपर्छ । “

    चुनाव खर्चिलाे भएकाले जाे कसैले चुनाव लड्न नसकिने अवस्था भएकाेले पनि अब धन,भातभतेरकाे पछि नलागि सच्चा,इमान्दार र नैतिकवान व्यक्ति चुन्न आग्रह गर्नुभयाे । संविधान,गणतन्त्र,धर्मनिरपक्षकाे रक्षाका लागि अग्रगमनलाई जिताउन अपिल गर्नुभयाे ।

     प्रदेश १ क का उम्मेदवार नेपाली काग्रेसका दिपेन्द्र थापाले स्वाभिमान बचाएका र धन गुण्डा ,दाम खर्च गरेर आफुहरु चुनाव नलड्ने र ४५ बर्षसम्म सेवा गरेकाले जनता बाधाे बसेर भएपनि आफूलाइ जिताउन आग्रह गर्नुभयाे ।
” दिनदुखी राेएका छन्,विकासबाट विमुख भएकालाइ सहयाेग गर्नुछ । जनताकाे मन जितेर चुनाव जित्ने लक्ष्य राखेर जनतामाझ आएकाे छु ।”थापाले भन्नुभयाे ।
आफू निश्वार्थपन बाेकेर जनतामाझ आएकाले जनताकाे मुहार हसिलाे बनाउन चुनावमा गठबन्धनलाई भारी मतले बिजयी हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्रदेश खका उम्मेदवार काग्रेसका डिल्लीराम सुवेदीले अहिले बागलुङमा तीन पुस्ताकाे संयाेजन सहित अहिले चुनावमा आएकाले समग्र देश संगै जिल्लाकाे मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयाे । मुख्य मुद्दम प्रतिगमनलाइ हराउनु र त्यसकै वरिपरि रहेका सम्वृद्दि र विकासका मुद्दा सहित आफूहरु चुनावमा आएकाे पनि बचाउनुभयाे ।

   कार्यक्रममा काग्रेस महिला नेत्री चम्पादेवी खड्का,माअेावादि नेता यज्ञबल्लव शर्मा लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

ताजा समाचार