बागलुङ राङखानीका मृगाैला राेगी थापालाई बागलुङ समाज दक्षिण काेरियाकाे   ५ लाख सहयाेग - Elaka Khabar

बागलुङ राङखानीका मृगाैला राेगी थापालाई बागलुङ समाज दक्षिण काेरियाकाे   ५ लाख सहयाेग

बागलुङ राङखानीका मृगाैला राेगी थापालाई बागलुङ समाज दक्षिण काेरियाकाे   ५ लाख सहयाेग

मृगाैलाकाे समस्यासंग जुधिरहेका बागलुङ राङखानीका युवा नगेन्द्र थापालाई बागलुङ समाज दक्षिण काेरियाले आर्थिक सहयाेग गरेकाे  छ ।

      दक्षिण काेरियामा रहेका नेपाली माझ एक हप्ता सहयाेग  अभियान सञ्चालन गरि  उठेको  ५४ लाख ५४ हजार ५५४ वन(रु।पाँच लाख बढि)   नगेन्द्र थापाकाे उपचारकाे लागि पठाईएकाे  समाजका अध्यक्ष राजु नेपालीले जानकारी दिए ।एक विज्ञप्ति मार्फत सहयाेगदातालाई समाजले धन्यवाद समेत  दिएकाे छ ।
कठिन अवस्था सबैलाई आउने र अहिले थापा राेग र आर्थिक समस्यासंग जुघेकाेले केही राहात हाेस भनेर अभियान थालि पाँच लाख रुपैया सहयाेग गरिएकाे अभियानका संयाेजक नारायण पाैडेलले बताए ।
जम्मा १ सय ३५ जना सहयाेगदाता मार्फत उक्त रकम संकलन गरिएकाे थियाे ।
दक्षिण काेरियाबाट  नेपाल फर्कि गाउँमै उद्यमशीलता गरिरहेका थापाकाे दुवै मृगाैलाले काम नगरेपछि मृगाैला फेर्नुपर्ने अवस्थामन पुगेका छन्। उनकाे अहिले पाेखरा स्थित मणिपाल अस्पतालमा उपचार भैरहेकाे छ ।

ताजा समाचार