काेरिया जाने हवाई टिकट मात्र ४८ हजारमा - Elaka Khabar

काेरिया जाने हवाई टिकट मात्र ४८ हजारमा

काेरिया जाने हवाई टिकट मात्र ४८ हजारमा

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा   जाने नेपाली अब मात्र     ४८ हजार ८ सय ६५ रुपैयाँमा उड्न पाउने भएका छन् । यसअघि १ लाख २३ हजार सम्म तिर्नु पर्नेमा अब प्रति टिकट ७३ हजार रुपैयाँ बचत हुने  भएको छ । वैदेशिक रोजगार विभागका अनुसार कोरिया जाने श्रमिकको नयाँ भाडादर निर्धारण भएको हो ।

   कोरिया जाने श्रमिकले टिकटको लागत आफैले बेहोर्नुपर्छ ।    नयाँ प्रक्रियामार्फत श्रमिकको लागत खर्च घटाउन ट्रान्जिट भने लामाे हुने  छ ।  विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले प्रतिस्पर्धात्मक प्रणालीमा जाँदा श्रमिकको लागत खर्चलाई ध्यान दिइएको बताए । ‘श्रमिकको लागत खर्च कटौती गर्न ट्रान्जिटमार्फत यात्रा गर्दा ७३ हजार रुपैयाँ बचत हुने देखियो’ उनले भने,‘ट्रान्जिटमार्फत जाँदा रोजगारदातालाई कुनै असहजता छैन । यसले श्रमिकलाई राहत पुग्छ ।’

विभागले ट्रान्जिटमार्फत यात्रा गर्दा टिकट नपाउने समस्या पनि नभएको जनाएको छ । यसअघि सिधै उडान मात्रै गर्ने अवस्था हुँदा टिकट नपाउँदा समयमा नै  उड्न पाएका थिएनन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कोरिया जाने श्रमिकमाथि परेको भारलाई हटाउन सम्बोधन गरिएको बताए ।

ताजा समाचार