नेपालकाे चर्चित व्याण्ड ` 1974 A.D ´ले सलनालमा   दक्षिण  काेरियामा सांगीतिक प्रस्तुती दिने - Elaka Khabar

नेपालकाे चर्चित व्याण्ड ` 1974 A.D ´ले सलनालमा   दक्षिण  काेरियामा सांगीतिक प्रस्तुती दिने

नेपालकाे चर्चित व्याण्ड ` 1974 A.D ´ले सलनालमा   दक्षिण  काेरियामा सांगीतिक प्रस्तुती दिने

“यो मन त मेरो नेपाली हो लाइभ इन सउल” २०२५ नाम दिईएकाे सांगितिक कार्यक्रममा नेपालकाे चर्चित सांगीतिक ब्याण्ड 1974 ए.डीले प्रस्तुति दिने  कास्की परिवार दक्षिण कोरियाले जनाएकाे  छ ।
जनवरी २८ मा माछापुच्छ्रे सांगीतिक सौगात भाग-४  कार्यक्रम  गरि उक्त कार्यक्रमका लागि  1974 A.D . आउने  निश्चित भएकाे  गण्डकी प्रदेशसमाजका अध्यक्ष प्रविण गिरीले जानकारी दिए ।

कास्की परिवार दक्षिण कोरियाले  आपातकालीन राहत कोष अभिबृदि गर्ने  उदेश्यका साथ कोरियाली  पर्व  सलनालको पहिलो दिन नेपाली सम्पर्क समितिको सहजीकरण र गण्डकी प्रदेश समाजको समन्वयमा कार्यक्रम आयाेजना गर्न लागेकाे हाे ।
“सङ्गठित समुह नै प्रदेशको सहारा हो “भन्ने मुल मर्मका साथ सन २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाले आफ्नो स्थापना काल देखि नेपाल साथै दक्षिण कोरियामा बिभिन्न गतिविधिहरु गर्दै आइरहेको छ ।
गत हप्ता  मात्रै 1974 A.D  र कलाकार सहितको  पोस्टर सार्वजनिक  गरिएको थियाे ।

ताजा समाचार