
बागलुङ : जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिवाङमा दुई लाख दुई हजार दुई सय २२ रुपैया पुरस्कार राशीको खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
बुर्तिवाङ राईजिङ युवा क्लवको २२ औँ बार्षिकोत्सव तथा कोजाग्रज पूर्णिमा मेला तथा पालिका कप २०८१ को अवसरमा आयोजना गरिएको खुल्ला पुरुष भलिवलमा प्रथम स्थान प्रप्त गर्ने समुहले उक्त उपाधि पाउने छ भने दितिय हुने समुहले रु एक लाख १ हजार १ सय ११ रुपैया प्रप्ता गर्ने क्लवका अध्यक्ष मिथुन विश्वकर्माले जानकारी दिनु भएको छ ।
यही कात्तिक १ गते देखी सुरु हुने खेलकुद तथा सास्कृतिक कार्यक्रम ७ गते सम्म सञ्चालन हुने छ । कार्यक्रम तर्फ सामुहिक नृत्य प्रतियोगिता जसमा प्रथम दितिय हुनेले क्रमश ५१ हजार र २५ हजार रुपैया प्रप्ता गर्ने छन् । त्यस्तै एकल नृत्य प्रतियोगिता,महिला तथा पुरुष छेलो,खुल्ल आईटिएफ तेक्वान्दो लगाएतको कार्यक्रमको आयोजना समेत गरिएको छ ।
कार्यक्रमको अवधिभर हरेक साँझ राष्ट्रिय तथा स्थानिय कलाकारको संगितिक प्रस्तुति समेत रहने क्लव सदस्य हेमराज थापाले जानकारी दिनु भएको छ । काजाग्रत पूर्णिमाको अवरमा परापुर्वकाल देखीनै बुर्तिबाङमा मेला आयोजना गरिदै आएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
