कालीका भगवती गुठीद्वारा अध्यक्ष खड्का र भैरवस्थान गुठीका कोषाध्यक्ष खत्री सम्मानित  - Elaka Khabar

कालीका भगवती गुठीद्वारा अध्यक्ष खड्का र भैरवस्थान गुठीका कोषाध्यक्ष खत्री सम्मानित 

कालीका भगवती गुठीद्वारा अध्यक्ष खड्का र भैरवस्थान गुठीका कोषाध्यक्ष खत्री सम्मानित 

बागलुङ : कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले गुठीका अध्यक्ष कुमार खड्का र भैरवस्थान गुठीका कोषाध्यक्ष चन्द्रबहादुर खत्री लाई सम्मान गरेको छ ।

सामाजिक र धार्मिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएको भन्दै भारत बाट मानार्थ डाक्टर उपाधि बाट सम्मानित हुनुभएकोमा कालीका भगवती गुठी ब्यवस्थापन समिति बागलुङको तर्फबाट मन्दिर परिसरमा नव दुर्गाको अवसरमा बिहिबार कालीका भगवती मन्दिर परिसरमा गुठीको तर्फबाट सम्मानपत्र दोसल्ला सहित सम्मान गरिएको थियो ।

निरन्तर धार्मिक र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए बापत आफुहरूलाई भारत बाट डाक्टर मानार्थ उपादी दिएको र आफुले पाएका मानर्थ डाक्टर उपाधि समगै धवलागिरी क्षेत्रको गौरव भएको सम्मानित हुने कालिका भगवती गुठी व्वस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनु भयो ।

कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङकी सह–सचिव सृजना पन्तले अहिले भएको सम्मान बागलुङको लागि गौरवको बिषय भएका र निरन्तरको सामाजिक क्षेत्रमा सक्रियताको प्रतिफल भएको समेत बताउनु भयो ।

खड्का र खत्रीलाई सोक्ररात सोसल रिसर्च युनिभर्सिटीले सम्मानस्वरूप मानार्थ विद्यावारिधि (डाक्टर) को उपाधि भारतको डिल्लीमा अवस्थित युनिभर्सिटीले प्रदान गरेको थियोे ।

खड्काले विगत ११ वर्षदेखि कालिका भगवती मन्दिरको पूर्णनिर्माण र सुधारमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको छ । यो सम्मानले आफूलाई थप जिम्मेवारी प्रदान गरेको गुठीका अध्यक्ष खड्काले बताउनु भयो

कालीका गुठी ब्यवस्थापन समितिका सचिव अर्जुन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गा आचार्यको स्वागत गुठिका उपाध्यक्ष निशान खड्काको संचालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार