एक बहादुर के सी धरौतीमा छुटे - Elaka Khabar

एक बहादुर के सी धरौतीमा छुटे

एक बहादुर के सी धरौतीमा छुटे

बागलुङ : नागरिक अभियान्ता एक बहादुर के सी (संगम) धरौतीमा रिहा भएका छन् ।

के सी विरुद्ध परेको विद्युतिय अपराध अन्र्तगत मंगलबार जिल्ला अदालत बागलुङमा भएको थुनछेक बहसमा जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको ईजलासले के सी लाई ३० हजार धरौतीमा छोड्न आदेश दिएको से्रस्तेदार शिवहरी सुवेदीले जानकारी दिनुभयो ।

गत भाद्र १८ गते बागलुङ बसपार्क उद्घाट भएको तर बसपार्क नचलेको विषय लाई लिएर उनले सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिलाई लिएर उनि विरुद्ध विद्युतिय अपराधको मुद्धा दर्ता भएको थियो ।

केसी पक्राउ पुर्जी जारी भएको भन्डै दुई हप्ता पश््चात आफै जिल्ला प्रहरी कार्यालय बागलुङमा हाजिर भएका थिए ।

ताजा समाचार