
बागलुङ : बागलुङ नगरपालिकाले क्लिन बागलुङ अभियान शुरु गरेको छ ।
फोहोरको दिगो व्यवस्थापनको लागि भन्दै नगरपालिकाले क्लिन बागलुङ अभियान नाम दिएर आइतबार विहान बागलुङ बजारको ऐतिहासिक पार्क बाट नगरप्रमुख बसन्तकुमार श्रेष्ठर जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमर थापा प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी लागएतले एकैसाथ रिवन काटेर कार्यक्रमको शुभारम्भ गरिएको हो ।
अभियान अन्र्तगत १० दिन भित्रमा बागलुङ बजारका वडा नं १ रामरेखा देखी वडा नं ४ भित्रका झन्डै ५ हजार उपभोक्ताई तीन प्रकारको बाल्टी वितरण गर्ने छ । घरमा उत्पादन हुने कुहिने र नकुहिने तथा जोखिमयुक्त फोहोरलाई घर घरबाटै छुट्टयाएर व्यवस्थापन गर्ने गरी हरियो,निलो र रातो बाल्टी वितरण गर्ने छ ।
कुहिने फोहोर,नकुहिने, जोखिम युक्त फोहोर छुट्टा छ्ट्टै बाल्टीमा राख्ने र नगरले प्रत्यक दिन उपभोक्ताको घरघरमा तीन प्रकारका फोहोर उठाउने छुट्टा छ्ुट्टै गाडी पठाउने र जुन रंगको गाडी घरमा पुग्छ त्यही रंगको बाल्टीमा राखिएको फोहोर राख्नु पर्ने नगर प्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनु भयो ।
उक्त फोहोरलाई नगरपालिकाले कम्पोष्ट मल बनाउनेछ ।
स्थानिय पोट कुमारी जिसीले सफा हुनको लागि पहिले नागारिकको आनिबानीमा परिवर्तन आउनु पर्ने बताउनु भएको छ । आफुले गरेको फोहोर आफैले सफ गर्ने बानीको विकास गर्नु पर्ने सुझाव दिनु भयो ।
नगरले प्रदान गर्ने ३ बटा बाल्टी मध्य १ बाल्टी सशुल्क र २ वटा निशुल्क प्रदान गर्ने छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
