मुस्ताङमा हिमपहिरोले थुन्यो बोक्सीखोला - Elaka Khabar

मुस्ताङमा हिमपहिरोले थुन्यो बोक्सीखोला

मुस्ताङमा हिमपहिरोले थुन्यो बोक्सीखोला

मुस्ताङको थासाङ गाउँपालिका २ को कोबाङ गाउँमाथि धवलागिरी आईसफल क्षेत्र नजिक हिमपहिरो खसेको छ ।

हिमपहिरोले बोक्सीखोला थुनिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । दुई घण्टा पहिले बोक्सेखोला थुनिएपछि निरीक्षणमा पुग्दा हिमपहिरो खसेको फेला परेको उहाँले बताउनुभयो ।

हिमपहिरो खसेपछि बोक्सी खोलाको तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

ताजा समाचार