उच्च अदालत बागलुङमा ८७ प्रतिशत मुद्दा फर्स्योट - Elaka Khabar

उच्च अदालत बागलुङमा ८७ प्रतिशत मुद्दा फर्स्योट

उच्च अदालत बागलुङमा ८७ प्रतिशत मुद्दा फर्स्योट

बागलुङ : उच्च अदालत पोखरा बागलुङ इजलासले गत आर्थिक वर्षमा ४ सय ५८ मुद्धा फर्स्योट गरेको छ । जिम्मेवारी सरि आएका र गत वर्ष परेका मुद्धा गरि ५ सय २१ मुद्धा परेकोमा इजलासले ४ सय ५८ मुद्धा फर्स्योट गरेको हो ।

६३ मुद्धा भने जिम्मेवारी सरि आएको इजलासका रजिष्टार लालसिँह थापाले जानकारी दिनुभयो ।

जिम्मेवारी सरि आएका १ सय ६१ र गत वर्ष परेका ३ सय ६० गरि ५ सय २१ मुद्धा रहेकोमा ४ सय ५८ मुद्धा फर्स्योट भई ६३ मुद्धा चालु आर्थिक वर्षका लागि सरि आएको जानकारी दिदै उहाँले ६ महिना नाघेको १ वटा मात्र मुद्धा रहेको बताउनुभयो ।

गत आर्थिक वर्ष ३ सय ५५ मुद्धाको लगत अनुमान गरिएकोमा ३ सय ६० मुद्धा परेको र ३ सय ३३ मुद्धा फर्स्योट भएकाले ८७।९१ प्रतिसत मुद्धा फर्स्योट भएको इजलासका वरिष्ठतम न्यायधिस नातिवावु लामिछानेले जानकारी दिनुभयो ।

इजलासले चालु आर्थिक वर्षका लागि ७ सय ६९ वार्षिक अनुमानित लगत निर्धारण गरेको छ । जस मध्य ५ सय ९५ फर्स्योट गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो

मुद्धा तथा रिटमा ५ सय ४ अनुमान गरिएको र ३ सय ३० फर्स्योट गर्ने लक्ष्य लिएको लामिछानेले बताउनुभयो । यसैगरि प्रतिवेदन तर्फ २ सय ६५ अनुमानित लक्ष्य लिएकोमा २ सय ६५ नै फछ्यौट गर्ने योजना रहेको रजिष्ट्रार थापाले जानकारी दिनुभयो ।

इजलासमा ३ थान थुनुवा मुद्धा रहेको जानकारी दिदै थापाले विषेश गरि ठेक्कापट्टा, शिक्षक, कर्मचारीको सरुवा, नागरिकता, नावालक परिचय पत्र सम्वन्धी मुद्धा रहेको पनि बताउनुभयो ।

ताजा समाचार