बागलुङमा ६० प्रतिशत बढी धान रोपाई - Elaka Khabar

बागलुङमा ६० प्रतिशत बढी धान रोपाई

बागलुङमा ६० प्रतिशत बढी धान रोपाई

विनोद प्रतीक,बागलुङ : बागलुङ जिल्लाभर असार अन्तिम साता सम्म ६० प्रतिशत भन्दा बढी धान रोपाई सम्पन्न भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाई ढिलो सुरु भएको थियो । त्यस कारण अहिले सम्म पनि धान रोपाई कम भएको कृषि ज्ञान केन्द्र बागलुङका बागवाणी विकास अधिकृत कुमार पुनले जानकारी दिनु भएको छ । आकासे पानीको भरमा रोपाई गर्नु पर्ने, ढिलो गरी मनसुन भित्रिएको कारण धान रोपाई ढिलो भएको अधिकृत पुनको भनाई छ ।

अधिकृत पुनका अनुसार बागलुङ जिल्ला भर किरिव ५ हजार ७ सय ७ हेक्टर क्षेत्रफलमा वर्षे धान र १० हेक्टर क्षेत्रफलमा चैचे धान खेती हुने गरेको जानकारी दिनु भएको छ ।

बागलुङमा एक्ले,पहेले,जेठो बुढो,गौरिया,लगाएत जातका धान माथिल्लो क्षेत्रमा रोपाई हुने गरेको छ भने तल्लो क्षेत्रमा खुमल १२,१५ तथा उन्नत जातको धान पनि रोपाई हुने गरेको छ ।

बागलुङ नगरपालिका,गलकोट नगरपालिका,बडिगाड गाउँपालिका,जैमिनि नगरपालिका,काठेखोला गाउँपालिका ,निसीखोला गाउँपालिका ,ढोरपाटन नगरपालिका लगाएतका क्षेत्रमा धान खेती हुने गरेको बागवाणी विकास अधिकृत कुमार पुनले जानकारी दिनु भयो ।

ताजा समाचार