
बागलुङ जिल्लाको दक्षिण क्षेत्र सदरमुकामसँग सडक सम्पर्क टुटेको झण्डै एक सातापछि सवारी सञ्चालनमा आएका छन् । पहिरोका कारण बन्द रहेको दक्षिण जोड्ने मुख्य नाका दव्ल्याङमा सडक पुननिर्माण पछि एकतर्फी सवारी सञ्चालनमा आएका हुन् ।
लगातारको वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड, बागलुङ कुश्मीशेरा कृषि सडक र कालीगण्डकी करिडोरको वैकल्पिक मार्ग एकैपटक बन्द भएका थिए ।
बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा तीनै सडकको ट्रयाक बगेकाले सडक सञ्चालनमा आउन सकेको थिएन् । करिडोरमा झण्डै ५० मिटरभन्दा अग्लो पर्खाल तयार गरेर सवारी सञ्चालनमा ल्याईएको हो । ‘ट्रयाकनै बग्नेगरी पहिरोले सडक बगाएको थियो, ग्याविन राखेर सडकको जग निकालेपछि सञ्चालनमा आएको छ’ बागलुङ नगरपालिकाका इञ्जिनियर त्रिलोचन गिरीले भने, ‘करिडोर कालोपत्रेको काम गरिरहेको बिडारी निर्माण सेवाले सबै शक्ति लगाएर काम गरेपछि सडक सञ्चालनमा आएको हो ।’
बागलुङ बजारबाट झण्डै पाँच किलोमिटरको दुरीमा रहेको दव्ल्याङमा तीन वर्षअघि खसेको पहिरोले हरेक वर्षा याममा दुःख दिने गरेको छ । दव्ल्याङको पहिरोका कारण सडक सम्पर्क टुट्दा दक्षिणबाट निर्यात हुने दुध, मासु र फलफुल किसानको घरमै खेर गैरहेका थिए ।
बागलुङ नगरपालिकाको बलेवाक्षेत्र, जैमिनी र बरेङका बिभिन्न सहकारीमा आबद्ध किसानले उत्पादन गरेको दुध सडक सञ्चालनमा आएसँगै बजार पुर्याउन सहज हुने छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
