गलकोटमा २१ औँ राष्ट्रिय धान दिवस मनाईयो  - Elaka Khabar

गलकोटमा २१ औँ राष्ट्रिय धान दिवस मनाईयो 

गलकोटमा २१ औँ राष्ट्रिय धान दिवस मनाईयो 

बागलुङ : गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा सनिबार २१ औँ राष्ट्रिय धान दिवस २०८१ मनाईएको छ ।

“जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि”भन्ने मुल नाराका साथ गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेड गलकोट नगरपालिका वडा नम्वर ३ को आयोजनामा २१ औँ राष्ट्रिय धान दिवस मनाईएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीले पछिल्लो समय धान उत्पादन हुने ठाउँमा कंक्रिटको थुप्रो बन्न थालेको प्रति चिन्ता व्यक्त गर्नु भयो । उहाँले उत्पादन हुने खेतको क्षेत्रफल बढाउनुपर्ने बताउँदै धान खेतीमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा गलकोट नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा वडा नम्वर ७ का वडा अध्यक्ष राज बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्र्रमुख अतिथि प्रदेश सभा सदस्य पौवीले खेतमा धान रोपेर कार्यक्रमको उत्पादन गर्नु भएको थियो । संगै युवायुवती तथा समुहको सदस्यहरुले हिलो खेलेर र धान रोपेर खुशी मनाएका थिए ।

कार्यक्रम गौमुखी कृषि विकास सहकारी संस्था लिमिटेडका अध्यक्ष शिव कुमारी खत्रीको अध्यक्षता, उपाध्यक्ष देव बहादुर खत्रीको स्वागत र सचिव श्याम सुन्दर श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा समाचार