विनोद प्रतिक, बागलुङ : जिल्लाको गलकोट नगरपालिका वडा नं ८ काँडेवास विसौनामा घर माथी बाट झरेको पहिरोले घर पुर्दा श्रीमान श्रीमति वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।
पहिरोमा परी ५० वर्षिय बसन्ती बि.कको सव फेला परेको र श्रीमान् ५५ वर्षका प्रेम बि.क अझै बेपक्ता रहेको प्रहरीले जनाएको छ ।
रातभर परेको अविरल वर्षात संगै करिव विहाँन ३ बजेको समयमा झरेको पहिरोले घर पुरेको प्रहरी चौँकी हटियाका प्रहरी नायव नीरिक्षक तोरणधोज पौडेलले जानकारी दिनु भयो ।
अहिले नेपाल प्रहरी र स्थानियको सहायताले खोजी कार्या जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
ट्रेन्डिङ

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
