ताराखोलाको आ.व. २०८१र८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित - Elaka Khabar

ताराखोलाको आ.व. २०८१र८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

ताराखोलाको आ.व. २०८१र८२ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित

ताराखोला गाउँपालिकाको सोह्रौँ गाउँसभामा नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

ताराखोला गाउँपालिकाका अध्यक्ष तथा सभाध्यक्ष धन बहादुर वि क (हिमाल) ले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको हो ।

ताराखोला गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा औषधिजन्य प्रयोजनका लागि गाँजा उत्पादनको साथै गाउँपालिकाको विकासका सम्भावित क्षेत्रमा सबै प्रकारका अध्ययन, अनुसन्धान तथा नवप्रवर्तनको परिक्षण गर्ने, बहुउद्देश्यिय सहकारीहरुलाई एकिकृत उत्पादनको क्षेत्रमा समावेश गरि सहकारी मार्फत् उत्पादन तथा बजारीकरण गर्ने कृषकलाई कार्यविधिको आधारमा तथ्यगत रुपमा अनुदान उपलब्ध गराउने, स्थानिय उद्यमशिलतालाई प्रमुख आधार बनाई तुलनात्मक लागत लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सैवाकौ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, गाउँपालिका भ्रमण गर्ने पर्यटकहरुलाई होमस्टेमा आवास र स्थानीय परिकार ब्राण्डको रुपमा उपलब्ध गराउने नीति अवलम्वन गर्ने, शैक्षिक सुधार कार्यक्रम मार्फत विद्यालयमा शैक्षिक गुणस्तरका कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिक, अशक्त अपाङ्गताहरुलाई घरमा नै नियमित स्वास्थ्य परिक्षण एवं औषधी उपलब्ध गराउने व्यवस्था मिलाउने, गाउँपालिकाबाट निःशुल्क स्वास्थ्य सेवा, औषधी वितरण र एम्बुलेन्स सेवालाई थप प्रभावकारी गराउने, ताराखोला बहुउद्देश्यिय कभर्ड हल, स्टेडियम लगायत खेलकुद पूर्वाधार निर्माण तथा मर्मतलाई प्राथमिकतामा राखि बालबालिकाको उमेरगत खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, गाउँपालिकाको बहुसाँस्कृतिक पहिचान र मौलिकता झल्किने साँस्कृतिक पक्षको संरक्षण एवम् सम्वद्र्धनमा विशेष जोड दिने कार्यक्रममा समावेश गरिएको छ ।

त्यस्तै नीति तथा कार्यक्रममा बालमैत्री स्थानिय शासनयुक्त गाउँपालिका घोषणा गर्ने कार्यलाई निरन्तरता दिने, टोल विकास, संघसंस्थाहरुसंग फोहोर संकलन तथा व्यवस्थापन कार्यमा सहकार्य गर्ने अनौपचारिक क्षेत्रका श्रमशक्तिलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनको लागि संघीय सरकारसंग समन्वय गरिने, दलामचौर मोटरेवल पुल निर्माण कार्य सुरु गर्ने, निर्माण हुन बाँकि २ वटा वडा कार्यालय, सामुदायिक भवन नमुना विद्यालयका भवनहरु क्रमागत रुपमा निर्माण गर्ने, संघीय सरकारको अनुदानमा स्थानीय विद्युत साझेदारी कार्यक्रमको नीति अगाडि बढाउने, सिँचाईको व्यवस्था नभएका खेतीयोग्य जमिनहरुमा मागको आधारमा सिँचाई साझेदारी कार्यक्रमहरु संञ्चालन गर्ने, सामुदायिक वनमा पर्यापर्यटन र लघु उद्यमका क्रियाकलाप संचालन गर्ने, ढुंगा, गिट्टी, र बालुवा जस्ता नदीजन्य पदार्थ, मत्स्य र अन्य प्राकृतिक स्रोतहरुको अनाधिकृत एवं अवैज्ञानिक दोहनलाई नियन्त्रण गर्ने, गाउँपालिकाको खर्चलाई वस्तुपरक, अनुमान योग्य र नतिजामुखी तुल्याउन मध्यकालिन खर्च संरचना पद्धतिलाई निरन्तरता दिने, करतादा शिक्षा कार्यक्रम सञ्चालन गर्ने, स्थानीय संचार संस्था र गाउँपालिकाकौ सहकार्यमा जनहितकारी सूचनाहरु सम्प्रेषण गर्ने तथा सूचनाहरुमा सञ्चार संस्थाहरुको पहुँच बढाई पारदर्शी शासन अवलम्बन गर्ने लगायतका योजनाहरु समावेश गरिएको छ ।

ताजा समाचार