निसीखोलाका एक पुरुष काठमाडौंमा मृत फेला - Elaka Khabar

निसीखोलाका एक पुरुष काठमाडौंमा मृत फेला

निसीखोलाका एक पुरुष काठमाडौंमा मृत फेला

काठमाडौं : काठमाडौंको गौशालास्थित एक होटलमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

काठमाडौं महानगरपालिका (९ स्थित चौतारी गेष्ट हाउसमा बागलुङ निसीखोला गाउँपालिका (२ का ४८ वर्षीय तुलबहादुर कुँवर मृत फेला परेको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले न्यूज खरीलाई जानकारी दिए । उनका अनुसार शनिबार साँझ होटलमा बस्न पुगेका कुँवर आइतबार बिहान ९ बजे मृत अवस्था भेटिएका थिए ।

‘यसअघि पनि मृतक कुँवर त्यस होटलमा बास बस्न जाने गरेको देखिएको छ,’ डिएसपी थेवेले भने, ‘शनिबार साँझ सामान्य अवस्थामा होटलमा बास बस्न जानुभएको रहेछ बिहान सुतेको कोठाभन्दा अर्को कोठामा उहाँ मृत भेटिनुभयो ।’

घटनास्थलमा सुसाइटनोट समेत फेला परेको डिएसपी थेवेले बताए । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताउँदै सोधपुच्छका लागि होटलसञ्चालकसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ ।

मृतक कुँवरको घरमा श्रीमतीसहित एक छोरा र तीन छोरीहरु रहेका छन् ।

ताजा समाचार