
बागलुङ : आम नागरिकलाई ग्रामीण क्षेत्रमै रहेर पनि न्यायको अनुभूति दिने प्रतिवद्धता सहित न्यायिक समिति बागलङको प्रथम सम्मेलन सम्पन्न भएको छ ।
जैमिनी नगरपालिकाको आयोजनामा भएको सम्मेलनमा जिल्ला भित्रका न्यायिक समितिका संयोजक, सदस्य र उजुरी प्रशासक सहित छिमेकी पर्वत र म्याग्दीका जनप्रतिनिधि समेतको सहभागिता थियो । शुक्रवार आयोजित सममेलन उद्घाटन गर्दै निर्वतमान कानून मन्त्री धनराज गुरुङले आम नागरिकलाई समानताको दृष्टीले हेर्न सकेमा अदालत भन्दा स्थानीय तहको न्यायिक समितिनै उपयुक्त क्षेत्र भएको बताए । उनले राजनीतिक दलको कार्यकर्ताबाट निर्वाचित भएको समिति भएपनि न्यायमा उनीहरुले कहिलेपनि राजनीति नगरेको समेत बताए ।
‘न्याय दिने भनेकै राजनीतिले हो, बरु हेर्दा स्वतन्त्र देखिने बाट न्याय मिलेको छैन’ गुरुङले भने, ‘राजनीतिक भविष्य भएकाहरुले भोली सम्मको समाज हेरेर न्यायिक निरुपण गर्छन् ।’ उनले अहिले सम्म कुनैपनि न्यायिक समितिबाट अन्याय भयो भनेर बाहिर आएको थाहा नभएको उनले बताए । अदालतको फैसला बिरुद्ध बेलाबेला उठ्ने प्रश्न भन्दा स्थानीय सरकारको निर्णय र मेलमिलापले समाजमा ठूलो न्याय दिएको उनले बताए ।
कार्यक्रममा उनले स्वच्छ प्रतिस्पर्धा मार्फत समुन्नत र समृद्द समाज निर्माण गर्न सकिने बताए । त्यस्तै सहअस्तित्व र सहकार्य मार्फत समानता ल्याउन सकिने पनि बताए । त्यसकालागि स्थानीय सरकार महत्वपूर्ण अंग भएको बताए । उनले फरक राजनीतिक आस्था भएपनि मिलेरै देश बनाउनुपर्ने बताए । त्यसकालागि नबोलेर भन्दा बोलेर राज्यलाई सही निकास दिन सकिने समेत धारणा राखे । उनले गाँजा र स्थानीय रक्सीलाई कानूनी मान्यता दिन सकेमा राजश्व बढाएर बैदेशिक सहायता घटाउन सकिने समेत बताए । राजश्व बढ्दा स्थानीय तहलाई आवस्यक पर्ने दरबन्दी र बजेट समेत बढाउन सकिने पनि बताए ।
उनले कानुन मन्त्रालयमा बस्दा झण्ै ५ अर्बबढी रकम गाँजा र रक्सीबाट कमाउन सकिने अध्ययन गरेको समेत जानकारी दिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले स्थानीय तहले धेरै कम गरेको भदै प्रकृया खोज्ने भन्दा निष्कर्ष निकाल्नेमा जनप्रतिनिधि बढी सक्रिय भएको बताए । ‘कानुनले विधि खोज्दा ढीला भएको हो’ उनले भने, ‘न्यायिक समितिले गाउँमै निष्कर्ष दिएर जनताको चित्त बुझाएका छन् ।
’ उपप्रमुखले न्याय निरुपण बाहेक अर्थ र अनुगमनको पनि काम गरेको उल्लेख गर्दै उपाध्यक्षको भूमिका महत्वपूर्ण भएको पनि बताए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेलको संचालनमा सम्पन्न कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, बेनी नगरपालिकाकाकी उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदी, उच्च अदालत बार इकाइ बागलुङका अध्यक्ष रमेशबहादुर खड्का समेतले शुभकामना मन्तव्य दिएका थिए । सम्मेलनले १० बुँधे जैमिनी घोषणापत्र जारी गरेको छ ।
घोषणापत्रमा न्यायिक समितिका काम, असल अभ्यास र चुनौती बारे नियमित अन्तरक्रिया गर्ने, बर्षेनी सम्मेलन गर्ने र स्थानीय तहकालागि कानून अधिकृत लगायतको दरबन्दी माग गर्ने लगायतको घोषणा गरेको छ । कार्यक्रममा नगरपालिका महासंघका कार्यकारी निर्देशक कलानीधि देवकोटा र जिल्ला न्यायाधिवक्ता स्वतन्त्र न्यौपानेले स्थानीय तहको काम कर्तव्य अधिकार र आइपरेका कानूनी बाधा र निरुपणको उपाया बारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा सहभागि सबै उपप्रमुख र उपाध्यक्षहरुले अहिले सम्म भएका कामको प्रगती पनि प्रस्तुती गरे । उनीहरुले स्थानीय सरकारले बिद्यालय, कर्मचारी र आमा समूहबाट पनि धेरै कुरा सिकेर सन्देशको रुपमा लिनुपर्ने बताएका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
