
लोकेन्द्र निरासी, बुर्तिबाङ : जातीय विभेद उन्मुलन दिवसको पूर्वसन्ध्यामा शनिबार तमानखोला गाउँपालिकाको आयोजनामा जातीय भेदभाव तथा छुवाछुत विरुद्ध बृहत् सभा बोंगादोभानमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य दिलमाया पौवीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौबीले दलित अधिकारको लागि सम्पूर्ण दलितहरु सचेत भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । उहाँले दलितहरु शिक्षित र सचेत भएमात्र दलित आन्दोलनले सार्थकता पाउने भएकाले शिक्षा, जनचेतना र सशक्तीकरणमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो ।

थप बोल्दै उहाँले दलित समुदायको अधिकारलाई राज्यले संरक्षण गर्न नसकेकाले अधिकार प्राप्तिको लागि सशक्त दलित आन्दोलनको खाँचो रहेको बताउनु भयो । उहाँले आफू गण्डकी प्रदेश सभा सदस्य भएपछि आफ्नो क्षेत्रको विकास योजना र दलित समुदायको मुक्तिका लागि निरन्तर लागिरहेको समेत बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि दलित अभियान्ता एवं पूर्व मन्त्री बिसेन्द्र पासवान, सामाजिक अभियान्ता तेजेन्द्र थापा, दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार, साथै तमानखोला गाउँपालिका वडा नं। ३ का वडाअध्यक्ष झक बहादुर बुढा, वडा नं। ४ का वडाअध्यक्ष छप्रसाद श्रीपाली, नेपाली काङ्ग्रेस तमानखोलाका प्रतिनिधि धर्म बहादुर घर्ती, माओवादी केन्द्र तमानखोला गाउँ कमिटीका उपाध्यक्ष झक प्रसाद वि।क।, नेकपा एमाले तमानखोला गाउँ कमिटीका सचिव लिल बहादुर पुन, ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार वि।क।, लगायतले मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा तमानखोला लगायत निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका तथा अन्य स्थानहरुबाट समेत दलित अधिकारकर्मी, अगुवा दलित, बुद्धिजीवी, शिक्षक, पत्रकार, समाजसेवा लगायत तमानखोला गाउँपालिकाका स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीयवासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा जन जातृति मा।वि।की छात्रा तारा रसाइली, धनगौ ज्योति मा।वि।की छात्रा गीता श्रीपाली र शान्ति मा। वि।की छात्रा स्मृति छन्त्याले ‘जातीय भेदभाव तथा छुवाछुत उन्मुलनमा स्थानीय तहको भूमिका’ विषयक वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाको अध्यक्षता रहेको उक्त कार्यक्रममा पालिका उपाध्यक्ष हिरा कुमारी छन्त्यालको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन मुना वि।क।ले गर्नुभएको थियो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
