बा न पा १का वडा अध्यक्ष के सी द्धारा धौलागिरी गण्डकी यातायातको कार्यालयमा तोडफोड - Elaka Khabar

बा न पा १का वडा अध्यक्ष के सी द्धारा धौलागिरी गण्डकी यातायातको कार्यालयमा तोडफोड

बा न पा १का वडा अध्यक्ष के सी द्धारा धौलागिरी गण्डकी यातायातको कार्यालयमा तोडफोड

बागलुङ  : बागलुङ नगरपालिका वडा नं १ का वडा अध्यक्ष जय बहादुर के सी द्धारा धौलागिरी गण्डकी यातायात सेवा प्रा.लिका कर्मचारी माथी दुव्यवहार गरेका छन् ।

शुक्रबार यातायात प्रा लिले सवारी व्यवसायी बाट लिदै आएको आम्दानि प्रमाणित बापतको सेवा शुल्क रकमको रसिद लिन कार्यालय पुगेका वडा अध्यक्ष के सी ले रसिदको रकम तिर्दिन भन्दै कार्यरत कर्मचारी माथी गाली गलौज तथा कार्यालयमा रहेको कम्प्यूटर,टेलिफोन लगाएतका सामग्री तोडफोड गरेको धौलागिरी गण्डकी यातायात प्रा लि का अध्यक्ष उमेश के सी ले ईलाका खबरलाई जानकारी दिएका छन् ।

करिव ३ बजेको समयमा कार्यालय पुगेका वडा अध्यक्ष के सी ले आफुलाई गाली गलौज सहित सामग्रीमा तोडफोड गरेको कर्मचारी सुजता श्रीष र सोनु रुचालले जानकारी दिएका छन् । जनप्रतिनिधि जस्तो जिम्मेवार व्याक्तिले कार्यालयमा गरेको यो हर्कतले आफुहरुले अशुरक्षित महशुस गरेको कर्मचारी श्रीषले बताएकी छिन् ।

प्रा लि का अध्यक्ष उमेश के सी ले अभद्र व्याहार गरेको भन्दै सत्य तथ्य छानविनको माग गदै जिल्ला प्रहरी कार्यालय बागलुङमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनु भएको छ ।

वडा अध्यक्ष जय बहादुर केसी लाई सम्पर्क गर्दा उनले भने आफु कार्यालयमा पुगेको र झुक्कियर सामान्य घटना भएको र घटनालाई नियत बस ठुलो बनाउन खोजिएको प्रतिक्रिया दिएका छन् ।
प्रहरीले घटनाको मुचुल्का तयार पार्ने काम भएको सुचना अधिकारी प्रहरी नायव उपरिक्षक यादवले जानकारी दिनु भयो ।

ताजा समाचार