
बागलुङ : गत बैसाख ३१ गते बाट सुरु भएको जिल्ला फुटवल लिगको उपाधि बाल जीवन खेलकुद क्लव बागलुङले हात पारेको छ ।
आईतबार बागलुङ सदरमुकाम स्थित बाङ्गेचौर खेलमैदानमा भएको पावर फिटनेस क्लव र बालजीवन खेलकुद क्लव बीच भएको फाईनल खेलमा ३ –१ को अन्तरमा बाल जीवन खेलकुद क्लवले उपाधि हात पारेको हो ।
पहिलो हाफको ३३ औँ मिनेटमा पावर फिटनेस क्लवका बरदान थापाले गोल गरी आफ्नो टिमलाई सुरुवाती अग्रता दिलाय पनि पहिलो हाफको अतिरिक्त समयमा बालजीवन खेलकुद क्लवका मिलन आलेले गोल गरी खेलको पहिलो हाफ बराबरी भएको थियो । दास्रो हाफको खेलमा लगतार बाल जीव खेलकुद क्लवले २ गोल गरेको थियो । दास्रो हाफको १० मिनेटमा मिलन मगर, र अतिरित्त समयमा विपुल कार्कीले गोल गरेका थिए ।
यस संगै विजेता बनेको बाल जीवन खेलकुद क्लवले रु ७५ हजार र ट्रफि हात पारेको छ भने उपविजेता बनेको पावर फिटनेस क्लवले ४५ हजार र ट्रफिमा चित्त बुझाएको छ ।
खेलमा उत्कृष्ट बिधा तर्फ उत्कृष्ट खेलाडी, पावर फिटनेस क्लवका बरदान थापा,उत्कृष्ट डिफेन्समा बाल जीवन खेलकुद क्लवका धिरेन्द्र क्षेत्री,उत्कृष्ट गोल रक्षकमा बाल जीवनका सौगात खड्का,सर्वधिक गोलकर्तामा बाल जीवन खेलकुदका निश्चल महत र अनुशासित समुहको उपाधि भने भगवती युवा क्लब (बागलुङ सुधार केन्द्र)ले प्र्राप्त गरेको छ । उत्कृष्ट बनेका सबैले जनही ५–५ हजार प्राप्त गरेका छन् ।


बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
