
हरी रुचाल, बागलुङ : जिल्लाको बागलुङ नगरपालिका वडा नं ३ खहरेमा जेष्ठ नागारिक पार्क तथा भवन निमार्ण गरिने भएको छ ।
आईतबार एक कार्याक्रमको आयोजना गरी उक्त स्थानमा पार्क तथा भवनको निर्माणको लागि सुभारम्भ कार्य सम्पन्न भएको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले रिवन काटेर सुभारम्भ गर्नु भएको छ ।
जेष्ठ नागरिक लाई लक्षित गरी जेष्ठ नागरिक मैत्री चौतारी, पार्क तथा भवन निर्माण गरीने नगर प्रमुख श्रेष्ठले जानकारी दिनु भएको छ । यस कार्यक्रमलाई आगामि बजेटमा संम्बोधन गरेर उक्त स्थान वरपर करिव ९० रोपनी सर्वजनिक जग्गा रहेको र त्यसलाई सम्भाव्यता अध्ययन गरी कृषि हवको रुपमा विकास गरिने बताएका छन् ।
सुभारम्भ कार्याक्रममा बागलुुङ नगरपालिका उप प्रमुख राजु खड्का,प्रमुख प्रशासकिय अधिकृत हरीदत्त कंडेल वडा नं ३ का वडा अध्यक्ष सनी केसी(लक्ष्मण) ,जेष्ठ नागरिक तथा स्थानियको उपस्थिति रहेको थियो ।
कार्याक्रम जेष्ठ नागरिक जिल्ला समितिका अध्यक्ष चिरीन्जीवि श्रेष्ठको अध्यक्षता र बद्री शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
