
बागलुङ : नेकपा एमाले बागलुङले सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।
एमाले बागलुङको अध्यक्षमा पुनः हिरा बहादुर केसी निर्वाचित भएका छन् । बागलुङ बजारमा जारी दशौं अधिवेशनबाट केसी दोस्रो कार्यकालको लागि अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
शुक्रबार अध्यक्षको लागि केसी र नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पूर्व सदस्य हरिनारायण गौतमले उम्मेदवारी दर्ता गरेका थिए । गौतमले उम्मेदवारी फिर्ता लिएपछि केसी सर्वसम्मत अध्यक्षमा निर्वाचित भए ।
यस्तै उपाध्यक्षमा विष्णु भुसाल निर्वाचित भएका छन् । उनी यसअघि जिल्ला सचिव थिए । सचिवमा गणेश थापा मगर निर्वाचित भएका छन् । सचिवमा गणेश थापा, चन्द्र गणेश र कुमार खड्काको उम्मेदवारी परेको थियो । चन्द्र गणेश र कुमार खड्काले उम्मेदवारी फिर्ता लिएपछि थापा सर्वसम्मत निर्वाचित भए । यस्तै उपसचिवमा धन बहादुर परियार र करमती पुन चयन भएका छन् ।
यस्तै सदस्यहरु पनि सर्वसम्मत चयन गरेको छ । अध्यक्षको उम्मेदवारी दर्ता पछि अध्यक्ष मण्डलले नयाँ कमिटी सर्वसम्मत चयन गरेको हो । निर्वाचन कमिटीका संयोजक डा.डिल्लीराज गौतमले सर्वसम्मत निर्वाचित नयाँ कमिटीको घोषणा गरेका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
