रिटर्नी  सेन्टर  नेपाल गण्डकि  प्रदेशकाे  सम्मेलन  सम्पन्न,अध्यक्षमा ईश्वरी ढकाल - Elaka Khabar

रिटर्नी  सेन्टर  नेपाल गण्डकि  प्रदेशकाे  सम्मेलन  सम्पन्न,अध्यक्षमा ईश्वरी ढकाल

   रिटर्नी  सेन्टर  नेपाल गण्डकि  प्रदेशकाे  सम्मेलन  सम्पन्न  भएकाे  छ ।   सम्मेलनकाे   उद्घाटन गर्दै  माओवादी  केन्द्रका  केन्द्रीय सचिव तथा  गण्डकी प्रदेश इन्चार्ज  दिननाथ शर्माले परिस्थितिले  विदेशिएका युवा आफ्नाे मातृभूमि फर्केर आउनु सुखद  रहेकाे  बताउनुभयाे ।

  उत्पादन र श्रम मार्फत देशमा कायापलट  पार्ने अभियान सहित  सुरु भएकाे रिटर्नी सेन्टरले २०८० सालमा एउटा इतिहास   रच्ने  विश्वास व्यक्त गर्नुभयाे ।समाजवादी क्रान्ति  सफल पार्न

    उत्पादन  ब्रिगेड  बनाएर देशकाे  विकासमा   लाग्ने अभियानमा पार्टीले सहयाेग गर्ने  बताउनुभयाे ।

 नयाँ गठबन्धनलाई लक्षित गर्दै  माओवादीले  दुईवटै  खुट्टा चलाउने बताउनुभयाे । “परिस्थिति अनुसार  दाईने मात्र नभएर देब्रे खुट्टा पनि चलाउन जानेकाे छ।” शर्माले भन्नुभयो  । संविधानलाई कमजाेर  पार्ने,माओवादि  आन्दाेलन र जनयुद्धलाई बदनाम  गरि हिन्दु धर्म,राजसस्था फर्काउने पश्चगामी कदम लिएकोले कांग्रेससंगकाे गठबन्धन टुटाएकाे  बताउनुभयाे ।

   माओवादी केन्द्र गण्डकि प्रदेश  अध्यक्ष गायित्री  गुरुङले रिटर्नी सेन्टर नेपाल  मार्फत विदेशबाट  फर्किएका   युवाले  स्वदेशमै  केहि गर्ने  हुटहुटि देखाएर  छाेटाे  समयमै  गण्डकि प्रदेश सम्मेलन गर्नु सुखद रहेकाे  बताउदै माओवादी  पार्टीले  पनि नयाँ ढंगले  उत्पादन र राेजगारी  सिर्जना गर्ने  निति ल्याएकाे जनाउनुभयाे ।

     रिटर्नी सेन्टर  नेपालका  केन्द्रीय संयाेजक  देवेन्द्र सम्वाहाम्फेले  रिटर्नी  सेन्टर विदेशबाट  फर्केका,विदेश  भएका युवाका परिवारलाई उत्पादन र  राेजगारीमा जाेड्ने,बन्द  भएका कारखाना सञ्चालन  गरि  राष्ट्रिय पुंजी संकलन  गर्ने  बताउनुभयाे ।

   माओवादी केन्द्र  कास्किका  संयाेजक केशव पाैडेलले बदलिदाे परिस्थिति अनुसार  युवालाई अवसर र नेतृत्व  दिनुपर्ने बताउनुभयाे ।

    रिटर्नी सेन्टर  नेपालका  विदेश विभाग  प्रमुख  रमेश  तुफानले नयाँ प्रविधि  युगकाे माग अनुसार चल्न, एआई प्रतिधि जस्ता  अत्यधिक प्रविधिले  विश्वलाई  अघि बढाएकाे  सद्दर्भमा  साेहि  अनुसार अघि बढ्न र  रिटर्नीकाे  श्रम,सिप,पुंजीलाई सदुपयोग गरि वृहत उत्पादन अभियान  सञ्चालन गर्न ढिला गर्न  नहुने बताउनुभयाे ।

    कार्यक्रममा  माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य चुडामणिा अधिकारी,बेलुकाजी थापा,रिटर्नी सेन्टर नेपाल केन्द्रीय सह-संयाेजक रामचन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य  राख्नुभएकाे थियाे ।

    सम्मेलनले  इश्वरी प्रसाद ढकालकाे अध्यक्षतामा  २५ सदस्यीय रिटर्नी  सेन्टर नेपाल गण्डकि प्रदेशकाे  नयाँ कमिटी चयन गरिएको छ ।कमिटीको उपाध्यक्षमा भुवन गुरुङ,तुल्सी पराजुली,ऋषिराम भट्टराई ,सचिवमा सज्जन कुमार सिंह,सहसचिवमा कमल जिसी,आशिष न्याैपाने,याेगन्द्र गुरुङ,काेषाध्यक्षमा नमिता शेरचन  रहनुभएकाे  छ ।

    सदस्यहरुमा समराज गुरुङ,जिबि परियार,हिरा बहादुर रेग्मी,पूर्ण बहादुर पाईजा पुन,शुसिल खड्का,बाबुराम थापा,रेशम बहादुर केसी,प्रेमराज अधिकारी,उमेश आले,हिमलाल गाैतम,राम बहादुर बिक,प्रज्वल अधिकारी,बुद्द गहतराज,राजु न्याैपाने र  हरि बहादुर  परियार  रहनुभएकाे छ ।

     नवनिर्वाचित अध्यक्ष ईश्वरी प्रसाद  ढकालले  रिटर्नी  सेन्टरमा आवद्ध साथीहरुले  बढि  काम र  कम भाषणा गर्ने गरि  अघि  बढ्ने र  उत्पादनमा  जाेडिएर  नयाँ राैनक  सिर्जना  गर्ने  बताउनुभयाे । उद्घाटन  सत्रमा  भुवनसिंह गुरुङले  गण्डकी प्रदेशले  गरेका  कामकाे  बारेमा  जानकारी गराउनु भएकाे  थियोे ।

ताजा समाचार