
रिटर्नी सेन्टर नेपालले पहिलो सम्मेलन चैत्र ९ र १० गते गर्ने तयारी गरेको छ।
चितवन भरतपुरमा हुने सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन धमाधम गर्दै छ।
चैत्र ३ गतेसम्ममा सबै प्रदेश सम्मेलन सकेर ९ र १० गते प्रथम राष्ट्रिय सम्मेलन गर्न लागेको हो। । प्रथम सम्मेलनलाई प्रधामन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन र सम्बोधन गर्ने योजना रहेको छ।
सम्मेलनमा गाउपालिक १ ,नगरपालिका २ उपमहानगर ३ महानगर ४ र जिल्लाबाट ३ प्रदेशबा ट १० गरेर १४९५ जना प्रतिनीधि रहनेछन।
‘एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने जनाइएको छ।
सम्मेलनको तयारी तीब्र रुपामा भैरहेको प्रचार बिभागका प्रमुख रमेश खावाजुले जनाए। खावाजुका अनुसार बागमती प्रदेश सम्मेलन सकिएको र २६ गते गण्डकी , २९ गते मधेश प्रदेश , ३० गते सूदुरपश्चिम चैत्र ३ गते प्रदेश न १ र लुम्बिनी , ६ /७ गते कर्णालीको प्रदेश सम्मेलन हुने भएको छ ।
स्थापना भएको केहि महिनामै ६० भन्दा बढी जिल्लामा संगठन निर्माण गरेको सेन्टरले बिदेशमा सिकेको ज्ञान,सीप ,प्रविधी र आर्जन गरेको पूजीलाई प्रयोग गरेर नेपालमा उत्पादन बढाउने,रोजगारी सिर्जना गर्ने लक्ष लिएको छ।
सेन्टरले गत पौष १० प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर बन्द कल कारखाना हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना संचालन गर्नुपर्ने ,७७ जिल्लामा किसानको बजार स्थापना गर्नुपर्ने , कोरियाली प्रविधि प्रयोग गरी ग्रीन इनर्जी इट्टा उद्योग संचालन गर्नुपर्ने लगायत ५ बुंदे माग राखेको छ ।
बन्द कलकारखाना सन्चालन गर्न वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारको भुमिका हुनुपर्ने सेन्टरले माग राखेको छ । सेन्टरकै माग अनुसार प्रधानमन्त्रीले बन्द कलकारखाना संचालन गर्ने घोषणा गरेका हुन ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
