ऋण तिर्नं नसकेपछि चौकिदारको जागिर माग्दै  सिटिजन्स बैँकलाई पत्र(भिडिओ) - Elaka Khabar

ऋण तिर्नं नसकेपछि चौकिदारको जागिर माग्दै  सिटिजन्स बैँकलाई पत्र(भिडिओ)

बागलुङ  नगरपालिका वडा नम्बर ६ का चन्द्र बहादुर विकले सिजिन्स बैँकलाई एक पत्र लेख्दै आफूले बैँकको ऋण र किस्ता तिर्न नसकेकोले परिवारका सदस्यलाई जागिर दिई जागिरको रकमबाट बैँकको किस्ता र ऋण मिलाउन आग्रह गरेका छन् ।
बैंकबाट ऋण लिएर सुरु गरेको कुखुरा  पालन व्यवसाय  नचलेको, अन्य आम्दानीको उपाय नभएपछि बिकले आफू लगायत आफ्नी श्रीमती र छोरा समेतलाई जागिर दिन सिजिजन्स बैँक बागलुङ शाखाका प्रमुखलाई सम्बोधन गरेर पत्र लेखेका छन् ।

   आफूलाई चौकिदारी काम दिन, श्रीमतीलाई कार्यालय सहयोगी र कमर्सबाट १२ कक्षा उत्तीर्ण गरेका छोरालाई प्रशासनिक काम दिई , उक्त जागिरबाट  मासिक ३ हजार खाना खर्च उपलब्ध  बाँकि तलब सुविधाबाट प्राप्त रकम बैंकमा रहेको ऋणको सावा, व्याजमा कटाउदै लैजान आग्रह गरेका छन् ।
यस्तो खालको निवेदन मार्फत बैंक ऋण तिर्ने उपाय सम्भव त नेपालमा पहिलो हो ।
चन्द्र बहादुर आफूलाई बैँकले ऋण तिर्न बारम्बार ताकेता गरि दबाब सिर्जना गरेपछि अन्य विकल्प नभएर बैँक मै चौकिदार बस्न तयार रहेको बताए । उनले कुखुरा पालन व्यवसायका लागि सिटिजन्स बैँकबाट १० लाख ऋण लिएका थिए ।

ताजा समाचार