फागुन १ जनयुद्ध दिवशमा ताराखोला गाउँपालिकाले दियो सार्वजनिक विदा - Elaka Khabar

फागुन १ जनयुद्ध दिवशमा ताराखोला गाउँपालिकाले दियो सार्वजनिक विदा

फागुन १ जनयुद्ध दिवशमा ताराखोला गाउँपालिकाले दियो सार्वजनिक विदा

सबोच्च अदालतले जनयुद्ध दिवशमा सार्वजनिक विदा नदिने आदेश गरेपनि बागलुङको ताराखोला गाउँपालिकाको कार्यपालिकाले फागुन १ गते अर्थात जनुयुद्ध दिवशमा पालिकाभरी सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
ताराखोला गाउँपालिकाको माघ १९ गते बसेको कार्यापालिकाले फागनु १ जनयुद्ध दिवशमा सार्वजनिक विदा गरेको सुचना अधिकारी जित बहादुर सुनारले जानकारी दिए ।
देशको राजनैतिक,सामाजिक,सास्कृतिक परिवर्तनका लागि जनयुद्ध र जनयुद्धमा सहादत दिने शहिदहरुको ठूलो योगदान रहेकोले ऐतिहासिक दिनको सम्मान गर्दै जनयुद्ध दिवशमा सार्वजनिक विदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष धन बहादुर विकले बताए ।
पालिका भित्रका सरकारी कार्यालयलाई जनयुद्ध दिवशको अवसरमा सार्वजनिक विदा दिने बारे सबैलाई सुचना समेत जारी गरेको छ ।
जनयुद्धको केन्द्र समेत रहेको ताराखोला गाउँपालिकाले प्रत्येक बर्ष शहिद सप्ताह र सहित सम्मानको कार्यक्रम आयोजना गर्दै दिवश मनाएपनि यसपालिका फागुन १४ गते शहिद सम्मान कार्यक्रम राखेको पालिकाले जनाएको छ ।

ताजा समाचार