
बागलुङ जिल्लाकाे गलकाेट नगरपालिका वडा नम्बर ९ काे बडगाउ मध्ये पहाडीको नालीमा एकजना युवा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । गलकाेट -९ का मित्रलाल गाैतमका २४ बर्षिय छाेरा नविन गाैतम मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
मृतक गाैतम उत्तानो अवस्थामा मृत फेला परेको र मृतक फेला परेकाे ७० मिटर तल उनले लगाएको चप्पल भेटिएको छ । मृतक अविवाहित रहेकाे समेत खुलेकाे छ ।
घटना स्थलमा रहेका प्रहरी निरिक्षक थमनसिंह रानाका अनुसार मृतक गाैतमकाे अनुहारमा रगत रहेकाे र माथि ढिस्काबाट खसेजस्ताे देखिए पनि घटनाकाे वास्तविकता बारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीलाई बिहान ६.५ मा खबर आएपछि ६.२० बजे नै प्रहरी घटना स्थलमा पुगेकाे थियाे । मृतक गाैतम बाटाेमा साेलिङकाे काम गर्ने खुलेको छ । मृतक गाैतमकाे नाक र अनुहारमा चाेट लागेकाे पनि प्रहरी निरिक्षक रानाकाे भनाई छ । घटनाकाे थप बिबरण आउन बाँकि छ । अहिले सम्म पनि मृतककाे शव घटना स्थलमै छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
