
भीरबाट लडेर ढाड भाँचिएपछि थलिएकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग गरिएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौर घर भई हाल क्रोसियामा रहेका आषिस परियार (झिल्के) र जलजला गाउँपालिका–७ धाइरीङका साजन परियारले सञ्चालन गरेकाे अभियानबाट संकलित रु. ८२ हजार ६५० रसिलाको उपचारका लागि हस्तान्तरण गरिएको हो ।
अभियन्ता साजन परियारले गण्डकी अस्पताल पोखरामा पुगेर रसिलालाई नगद हस्तान्तरण गरेका हुन् ।
ज्याला मजदुरी गरेर परिवार पाल्दै आएकी रसिला घाँस काट्ने क्रममा भिरबाट लडेर ढाड भाँचिएर थला परिकि छिन् ।
रसिलाका श्रीमान पनि बिरामी छन् उनकाे अहिले भारतमा उपचार भइरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण रसिलाको उपचारमा समस्या भएको छ । गण्डकी अस्पतालमा रसिलाको शल्यक्रिया गर्ने तयारी भए पनि रकम अभावले समस्या भएपछि थप सहयोगका लागि अपिल गरिएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
