
विदेशबाट फर्कि देश मै केहि गरिरहेका युवालाई उत्पादन,राेजगारीमा जाेड्ने उद्देश्य सहित स्थापना भएकाे रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले स्याङ्जा जिल्ला भेला आईतबार पुतलीबजारमा सम्पन्न गरेकाे छ ।।
भेलाले स्याङ्जा जिल्ला संयाेजकमा हिमलाल गाैतम,सह-संयाेजक ,डिल्लीराम शर्मा मरासिनी,सचिवमा आशिष न्याैपाने,सदस्यमा प्रकाश रेग्मि,प्रेम गुरुङ ,गुप्त श्रेष्ठ,श्रवण सापकाेटा,महमद अरिफ मिया,नविवस मिया,कुशल भट्टराई ,केपी खनाललाई चयन गरेकाे छ ।
भेला उद्घाटन गर्दै भुमी आयाेग स्याङ्जाका अध्यक्ष शाेभाकर ढकालले अन्तर्राष्ट्रिय पुँजीवादले नयाँ आवश्यकता सिर्जना गरेकाे बताए । पलायनबादी साेचकाे विकास भएकाेले अन्तर्राष्ट्रिय रुपमा हामी लज्जास्पद हुनुपरेकाे बताउदै अब श्रम,उत्पादन राेजगारीमा जाेडिनुपर्ने बताए । डकालले माओवादी आन्दाेलनकाे उपलब्धी संरक्षण गर्दै अघि बढ्नुकाे विकल्प नभएको कुरामा जाेड दिए ।
माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार संघ ताम्राकारले भेलाका लागि मात्र भेला नभै वास्तविक रुपमा उत्पादनमा जाेड्नल सुझाए ।
प्राज्ञ दुर्गा नारायण ढकालले बाहिर जाने लर्काेलाई राेक्नका लागि जागरण लिएर आएकाेमा रिटर्नी सन्टरलाई बधाई दिए । लाहुरे सस्कृतिले विदेशीन सुरु भएको र अहिले फेरि देशमा केहि हुन्न भनि विदेशीने क्रमलाई राेक्न भूमिका सेन्टरले भूमिका खेल्नुपर्ने सुझाव दिए ।
रिटर्नी सेन्टर नेपाल,उत्पादन,प्रविधि तथा विदेश विभाग प्रमुख रमेश पण्डित तुफानले हाम्राे ढिलाे चाडाे देशमै श्रम नगरी,आफै उत्पादनमा नजाेडिएसम्म पलाय हुने क्रम नराेकिने भएकाे यहाँ भएका संभावनालाई उजागर गर्दै वृहत उत्पादनमा जाेडिने गरि सेन्टरले अभियान थालेको बताए ।
युवा नेता मन बहादुर थापाले रिटर्नी सेन्टरले राजनीति भन्दा माथि उठेर बेरोजगारलाई राेजगारीमा जाेड्न आग्रह गरे । अहिले स्थानीय पालिका पनि सहुलियत,कार्यक्रम राजनिती पहुँचकाे आधारमा बाढ्ने ,आस्थाका आधारमा नभै क्षमताका आधारमा त्यस्ता कार्यक्रम दिनुपर्ने बताए ।
कार्यक्रम गण्डकी प्रदेश संयाेजक ईश्वरी प्रसाद ढकालकाे अध्यक्षतामा भएको थियाे । स्वागत प्रविधि प्रमुख जि.एस भट्टराईले गरेका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
