
रिटर्नी सेन्टर नेपाल कास्की जिल्ला भेला सम्पन्न भएकाे छ । भेलाले सूर्य प्रसाद अधिकारीकाे संयाेजकत्वमा ११ सदस्यीय तदर्थ कमिटी गठन गरेकाे छ ।
कमिटीकाे सह संयाेजकमा एक बहादुर गुरुङ र सचिवमा लक्ष्मण क्षेत्री चुनिएका छन् । भृलाकाे उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज राजकाजी गुरुङ`करण´ले देशका हरेक निकायमा सामान्तवादी साेच,सस्कृतिकाे अवशेष बाँकि रहेकाे र नाेकरशाहि पुंजीवादले परिवर्तनकाे अवराेध गरिरहेकाे तथ्य बताए ।
“देशकाे परिवर्तनको लागि एक पुस्ताले त्याग गर्नैपर्छ । श्रम,उत्पादन र राेजगारीमा नजाेडि सुख छैन ।” गुरुङले भने ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य रामजी बरालले संगठन आवश्यकताले जन्मिने भएकाेले यसकाे ओैचित्यलाई पुरा गर्न आत्मनिर्भर बन्दै समाजवादकाे बाटाे गर्नुपर्ने बताए ।
“क्रान्तिबाट प्राप्त उपलब्धि रक्षाका लागि माओवादी लागेकाेले राजनीतिक अधिकार सुनिश्चित गरि आर्थिक सबलतामा अघि बढिरहेकाे छ ।” बराले भने ।
माओवादी हिमनदी भएकाेले कहिल्यै नसुक्ने बताउदै समाजवादकाे नेतृत्व माओवादी बाहेकले गर्न नसक्ने पनि ठाेकुवा गरे ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य साेमति गुरुङले युवाहरुमा राजनिति प्रति भ्रम सिर्जना गरि विदेश पलायन गर्ने काम भएकाेले भाष नभै बाँच्नका लागि राेजगारी,उत्पादनमा सिर्जना गर्नुपर्नेमा जाेड दिईन ।
केन्द्रीय सदस्य वखानसिंह तमुले वैदेशिक राेजगारबाट फर्किएका युवालाई संगठानिक रुपमा देश विकासमा लगाउनुपर्ने बताए ।
जिल्ला अध्यक्ष केशव पाैडेल,अनेमसंघ क्रान्तिकारी महानगर सचिवालय तुलसी अधिकारी , प्रदेश सदस्य चुडामणि अधिकारीले भेला सफलताको शुभकामना दिएका थिए ।
रिटर्नी सेन्टर नेपालका उत्पादन,राेजगार तथा विदेश विभाग प्रमुख रमेश पण्डित`तुफान´ । प्रविधि प्रमुख घनश्याम भट्टराई ,सचिवालय सदस्य बालकृष्ण मरासिनीले रिटर्नी सेन्टर नेपालकाे विविध विषयमा जानकारी गराएका थिए ।
कार्यक्रम गण्डकि प्रदेश संयाेजक ईश्वरी ढकालकाे अध्यक्षता र रेशम केसीकाे स्वागतमा सम्पन्न भएकाे थियाे ।रिटर्नी सेन्टर नेपाल स्याङ्जाकाे जिल्लाकाे भेला माघ ७ र नवलकाे भेला माघ ८ गते तय गरिएकाे गण्डकी प्रदेशका सह-संयाेजक भुवन गुरुङले जानकारी दिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
