पर्वत  र  म्यादी रिटर्नी सेन्टर नेपालकाे जिल्ला भेला सम्पन्न - Elaka Khabar

पर्वत  र  म्यादी रिटर्नी सेन्टर नेपालकाे जिल्ला भेला सम्पन्न

पर्वत  र  म्यादी  रिटर्नी सेन्टर नेपालकाे जिल्ला भेला सम्पन्न

रिटर्नी सेन्टर नेपाल  पर्वत र  म्याग्दीकाे प्रथम  जिल्ला भेला बुधबार   सम्पन्न  भएको  छ ।

     पर्वत  जिल्ला भेलाकाे  उद्घाटन गर्दै  माओवादी केन्द्रका  जिल्ला सचिवालय सदस्य तथा नगर अध्यक्ष शंकर गिरीले  विदेशबाट  फर्किएका  युवाहरु विकास र  परिवर्तनको मेरुदण्ड  भएकाेले  जति  सक्दाे छिटाे  पालिका स्तरमा पुगेर  उत्पादन कार्यमा  जाेड्न आग्रह गरे ।

       पर्वत   जिल्लाकाे  प्रथम  भेलाले राजु न्याैपानेकाे संयाेजक  र  अभिनास गिरी सचिव हुने गरि  पत्येक पालिकाबाट  समावेश गरि ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।

  त्यस्तै आजै भएकाे म्याग्दी जिल्ला भेलाले    नीलकण्ठ रेग्मी काे संयाेजकत्वमा  रिटर्नी  सेन्टर नेपाल म्याग्दी जिल्ला  कमिटी गठन गरेकाे छ ।

        माओवादी केन्द्रका केन्द्रीय सदस्य गाेविन्द पाैडेलले खाना लाउन  पुग्ने,सबै सहज  हुंदाहुदै पनि  अभिभावकले विदेश पठाईरहेकाे अवस्थामा विदेशबाट  सिकेर आएकाे सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपालले  अभियान  थाल्नु सुखद भएकाे बताए ।” अब गफ गर्न हाेईन  उत्पादन मै जुट्नुपर्छ ।” पाैडेलकाे आग्रह  थियाे ।

    रिटर्नी  सेन्टर नेपाल गण्डकी प्रदेशका संयाेजक ईश्वरी प्रसाद ढकाल , केन्द्रीय सचिवालय सदस्य   बालकृष्ण मरासिनी ,  गण्डकि प्रदेशका सह-संयाेजक भूवन गुरुङ, प्रदेश सदस्य हिरा बहादुर रेग्मी,रेशम केसी  समेतकाे  उपस्थितीमा भेला सम्पन्न भएकाे थियाे । कार्यक्रम गण्डकि प्रदेश कमिटी संयाेजक ईश्वरी प्रसाद ढकालकाे अध्यक्षमा  सम्पन्न भएको थियाे ।

       रिटर्नी सेन्टर मुस्ताङको  भेला भाेलि  पाेखरामा गरिने रिटर्नी सेन्टर नेपाल  गण्डकी प्रदेशले जनाएको छ ।

ताजा समाचार