
रिटर्नी सेन्टर नेपाल बागलुङकाे प्रथम जिल्ला भेला मंगलबार सम्पन्न भएको छ । भेलाकाे उद्घाटन गर्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला ईन्चार्ज गाेविन्द पाैडेलले अबकाे समयलाई उत्पादन र राेजगारी सिर्जना गर्नमा लगाउनुपर्ने बताए ।
” विदेशबाट सिकेर आएकाे सीप,पुँजी र अनुभवलाई देशमै लगाउने गरि रिटर्नी सेन्टर नेपाल जन्मनु सुखद हाे । यसकाे अभियानले विदेश जाने क्रमलाई राेक्न भूमिका खेल्नुपर्छ ” नेता पाैडेलले भने ।
कार्यक्रममा गण्डकी प्रदेश सदस्य चन्द्र ब थापा,टीका कुमारी विकले अभियान सफलताको शुभकामना राखेका थिए ।रिटर्नी सेन्टर नेपाल केन्द्रीय सचिवालय सदस्य बालकृष्ण मरासिनी , गण्डकि प्रदेशका सह-संयाेजक भूवन गुरुङले रिटर्नी सेन्टर नेपाल स्थापना र यसले गर्ने कामकाे बारेमा जानकारी दिएका थिए ।
भेलाले शिव प्रसाद शर्माकाे संयाेजकत्वमा रिटर्नी सेन्टर नेपाल बागलुङ जिल्ला सम्मेलन आयाेजक समिती गठन गरेकाे छ ।
कार्यक्रम गण्डकि प्रदेश कमिटी संयाेजक ईश्वरी प्रसाद ढकालकाे अध्यक्षतामा सम्पन्न भएको थियाे । कार्यक्रम स्वागत प्रदेश सदस्य रेशम केसीले गरेका थिए । कार्यक्रममा प्रदेश सदस्य हिरा बहादुर रेग्मीकाे समेत उपस्थिति रहेकाे थियाे ।
रिटर्नी सेन्टर पर्वत र म्याग्दीकाे भेला भाेलि गरिने रिटर्नी सेन्टर नेपाल गण्डकी प्रदेशले जनाएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
