

बागलृुङ नगर खानपानीे उपभोक्ता सस्थाको हिजो सम्पन्न निर्वाचनको मत परिणाम सार्वजकि भएके छ । अध्यक्षका तीन जना प्रत्यासी मध्ये सबैभन्दा बढि मत प्राप्त गर्दै केवी राना मगर अध्यक्षमा निर्वाचित भएका छन् । रानाले उनको निकटम प्रतिव्दन्दी जयराम भारीलाई २६ मतको अन्तरले जित हासिल गरेका थिए ।
रानाले जम्मा ४ सय ३४ मत ल्याउदा भारीले ४०८ मल ल्याएका थिए भने अध्यक्षका अर्का प्रत्यासी भुपेन्द्र खड्काले जम्मा ८५ मत ल्याए ।
उपाध्यक्षमा हरि बहादुर जिसीले जम्मा ४४७ मत ल्याउदै अर्का उपाध्यक्षका प्रत्यासी रतन मलेपतीलाई ४ मतले उछने ।

रतन मलेपतीले ४४३ मत ल्याएका थिए । त्यस्तै सचिवमा जीवन आचार्यले निर्मल श्रेष्ठलाई ३७ मतले उछन्दै सचिवमा विजयी भए । आचार्यले ४ सय ७४ मत ल्याए भने श्रेष्ठले ४सय ३७ मत ल्याएका थिए ।
त्यस्तै कोषाध्यक्षमा कृष्णा शर्मा विजयी भएका छन् । शर्माले उनका प्रतिव्दन्दी थानेश्वर सुवेदीलाई फराकिलो मतान्तरले जितेका थिए । निर्वाचनमा सबैभन्दा बढि मत प्राप्त गर्ने पनि शर्मा बनेका छन् । शर्माले ५सय मत पाउदा सुवेदीले जम्मा ३ सय ८५ मत पाए का थिए ।
त्यस्तै सदस्यमा कुलराज शर्मा, शिव आचार्य विजयी भएका छन् । शर्मा केवी प्यानलबाट र आचार्य भारी प्यानलबाट सदस्यमा विजयी भएका हुन् ।
महिला सदस्यमा कालिका सापकोटा,हुमादेवी खड्का, र गुमादेवी श्रीस विजयी भएका छन् । सापकोटा,खडुका केवी राना प्यानलबाट र श्रीस भने भारी प्यानलाट विजयी भएका हुन् । १५ सय २८ लाई भोटको अधिकार भएपनि जम्मा ९ सय ८५ मत मात्र खसेको थियो ।
विजयी उम्मेदवारलाई उद्योग बाणिज्यसँघ बागलुङका अध्यक्ष नरेश कडेल, बरिष्ठ उपाध्य राजन शाक्यले खादा र टिका लगाएर बधाई दिएका थिए ।
चुनावमा मत हालेर सहयोग गर्ने सबैलाई अध्यक्षमा उम्मेदवारी दिई चुनावमा पुगी पराजीत भएका जयराम भारीले धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत विजयी टिमलाई बधार्इृ समेत दिएका थिए । त्यस्तै अर्का अध्यक्षका आकाँछी भूपेन्द्र खड्काले पनि यो चुनाव आफ्नो लागि एउटा अनुभव र सम्पत्ती भएको भन्दै सबैलाई धन्यवाद दिएका छन् ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
