भुकम्पबाट मृत्यु हुनेकाे संख्या १सय ३३,राहात र उद्दारमा सरकारकाे सक्रियता - Elaka Khabar

भुकम्पबाट मृत्यु हुनेकाे संख्या १सय ३३,राहात र उद्दारमा सरकारकाे सक्रियता

भुकम्पबाट मृत्यु हुनेकाे संख्या १सय ३३,राहात र उद्दारमा सरकारकाे सक्रियता

गएराति गएकाे भुकम्पमा पनि १०.३० बजे सम्म १ सय३३ जनाकाे मृत्यु र १सय४० घाईते भएकाे प्रहरीले जनाएकाे छ ।

  प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहााना १०.३० बजे सम्म १ सय ३३ काे मृत्यु भएको पुष्टि गरेकाे हाे ।

जाजरकोटमा ९५ जना  र रुकुम पश्चिममा ३८ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । त्यस्तै जाजरकोटमा ५५ जना र ,रुकुम पश्चिममा  ८५  गरि जम्मा १सय ४० जना घाईते भएको उल्लेख गरेकाे छ ।

घाईते र मृतककाे संख्या अझै बढ्ने अनुमान लगाईएकाे छ । घाईतेकाे उद्दार , पुर्नस्थापनाकाे लागि स्वास्थ्यकर्मि सहित प्रधानमन्त्री प्रचण्ड जाजारकाेट पुग्नु भएकाे छ । सेनाकाे हेलिकप्टरबाट घाइतेको ऊद्दार गर्ने क्रम जारी छ । बाँकेकाे अस्पतालमा सेनाले अस्थाई ऊपचार क्याम्प खडा गरेकाे छ भने सरकारले  रुकुम पश्चिमकाे विमानस्थललाई उद्दारका लागि  जहाज पठाउने निर्णय गरेकाे छ ।

सेना,प्रहरी ,स्वास्थ्यकर्मीकाे टाेली प्रभावित ठाउँमा पुगेका छन् भने अझै थप हुने क्रम जारी रहेकाे जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 कठिन अवस्थामा सबैतिरबाट सहयाेगकाे वचन आएकाे छ ।गण्डकि,बागमति,कर्णाली प्रदेशले सहयाेगकाे घाेषणा गरेका छन् ।

  नेपाली कांग्रेसले सरकारी राहात तथा उद्दार काेषमा रु ५० लाख जम्मा गर्ने घाेषणा गरेकाे छ ।

ताजा समाचार