माओवादीलाई माओवादीले नै समाप्त पारेको हो - गोबिन्द पौडेल - Elaka Khabar

माओवादीलाई माओवादीले नै समाप्त पारेको हो – गोबिन्द पौडेल

माओवादीलाई माओवादीले नै समाप्त पारेको हो – गोबिन्द पौडेल

माओवादी केन्द्रका सदस्य गाेविन्द पाैडेलले   केन्द्रको सिद्वान्तको आधारमा देश चलेको पनि माओवादीलाइ माओवादीले नै समाप्त पारेकाे  बताउन भयाे  । अब छिट्टै माओवादी बिचार भएका पार्टीहरु एकता हुने पनि जनाउनुभयाे।

   नेकपा माओवादी केन्द्र काठेखोला गाउपालिकामा पार्टी कार्यालय उद्घाटन तथा वडा दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको बीचमा  केन्द्रिय सदस्य तथा बाग्लुङ जिल्ला ईन्चार्ज रहेका पाैडेलले  उक्त कुरा राख्नुभएको हाे ।
यस कार्यक्रममा पालिका पार्टी उपाध्यक्ष क. टिका बहादुर थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।
जिल्ला समन्वय सदस्य तथा काठेखोला गाउपालिका वडा न. ७ ईन्चार्ज क. लिलाराम सुनार, प्रदेश कमिटी सदस्य तथा काठेखोला गाउपालिका वडा नं. १ ईन्चार्ज क. जशोदा शर्माले शुभकामना  मन्तव्य राख्नु भएको थियो ।

नेकपा माओवादी केन्द्र पालिका सचिव मन बहादुर थापाको संचालनमा पालिका अध्यक्ष गोबिन्द बहादुर कार्कीको अध्यक्षता  कार्य कार्यक्रम सम्पन्न भएको थियोे ।

ताजा समाचार