
गैरागाउँ युवा क्लवको तिज मेला मँगलबाट सुरु ,आज भलिबल र महिला लठो तान्ने प्रतियोगिता
गैरागाउँ युवा क्लव बानपा –७ छरिखोलाको तिज मेला मँगलबारबाट सुरु भएको छ । मेलाको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप –प्रमुख राजु खड्काले खेल तथा मेला महोत्सवले हाम्रो पहिचान सँगै पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिने बताउनुभयो ।
युवाहरुलाई खेलकूद,रचनात्मक कार्यमा लाग्नु सुखद भएको र यो अभियानलाई सहयोग गर्न बागलुङ नगरपालिका तयार रहेको प्रतिबद्धता समेत उप प्रमुख खड्काले व्यक्त गर्नुभयो ।
उद्घाटन कार्यक्रममा वडा नम्बर ७ का वडा अध्यक्ष मेघराज शर्मा,रेशम नेपाली,दिलीप पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममको अध्यक्षता लक्ष्मण विश्वकर्मा र स्वागत बाबुराम बिकले गर्नुभएको थियो ।
५ गते सम्म चल्ने मेलामा साविक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता,महिला लठो तान्ने प्रतियोगिता,खुल्ला लोक नृत्य प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता, घैटो फोर प्रतियोगिता पनि आयोजना गरिएको छ । आज भलिबल प्रतियोगिताको पहिलो चरणका खेलहरु भैरहेका छनु् ।
मेलामा मनोञ्जन प्रदान गर्द आधा दर्जन कलाकारको प्रस्तुती रहने आयोजककले जनाएको छ । अशोज ४ र ५ गते लोक दोहोरी गायिका रिना केसी,रवी कार्कि, सज्जन कुमार सिँह,महेन्द्र सुनाम , सुप्रिया नेपाली आदीको विशेष प्रस्तुती रहने छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
