
हिजो दरखाने दिन बेलुका नाचगान भैरहेको घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको र साेहि विषयलाई लिएर साेमबार बिहान सुनिलमाथि कुटपिट हुदा उनको ज्यान गयाे ।
तीजको नाचगानमा झडपका कारण एक युवाको ज्यान गएको छ । विवाद पछि कुटपिटबाट तिनाउँ गाउँपालिका–२ घोडेवासका २४ वर्षीय सुनिल खत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
हिजो दरखाने दिन बेलुका नाचगान भैरहेको घोडेवासमा आफ्नै साथीहरुबीच सामान्य झगडा भएको र साेहि विषयलाई लिएर साेमबार बिहान सुनिलमाथि कुटपिट भएको र घाइते सुनिलको उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी दोभान र जिल्ला प्रहरी कार्यालय पाल्पाले झगडा तथा कुटपिटमा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरी थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
