श्रम र उत्पादन बिना देशको मुहार फेर्न सकिदैन । देश छाडेर विदेश जानेको लस्करलाई देश र यहाँको सरकारको नीती र आश्वासनले रोक्न सकेको छैन ।
लगातार सँघर्ष गरेर देशमा केहि गर्छु भन्नेहरुलाई पनि सरकारी नीतीले असहज बनाएको धेरैको गुनासो छ । बानपा ४ का मनोज थापा २०४४ सालदेखि पाउँरोटी उत्पादन गरेर भोका पेटहरुलाई सन्तुष्टि दिदै आउनुभएको छ । यहि व्यवसायबाट आफ्नो र परिवारलाई खुसीसँग पाल्नुभएको छ साथै दर्जन बढिलाई रोजगारी पनि दिनुभएको छ ।
देउराली पाउरोटी बागलुङ बजारको पुरानो पाउरोटी उद्योगको विरासत धानेको उद्योग मध्येको एक हो । त्यति बेला पाउरोटी कोसेलीका रुपमा ल्याइन्थ्यो । पाउले मुछेर बनाइने भएकोले त्यसलाई पाउरोट भनिए पनि अहिले प्रविधिले फड्को मारेको छ । विभिन्न भेराइटीका पाउरोटी तथा केकहरु बनाउने प्रविधी स्वयँम मनोज थापाले प्रयोग गरि उत्पादनलाई परिस्कृत गर्नु भएको छ ।
पाउँरोटी उत्पादन गरेर भोका पेटहरुलाई सन्तुष्टि दिदै आउनुभएको छ । यहि व्यवसायबाट आफ्नो र परिवारलाई खुसीसँग पाल्नुभएको छ साथै दर्जन बढिलाई रोजगारी पनि दिनुभएको छ ।
३५ बर्ष अघि सुल्डाडाबाट सुरु भएको देउराली पाउरोटी उद्योग अहिले आफ्नै भवन बानपा ४ उपल्लाचौरमा सञ्चालित छ ।
बागलुङमा सबैभन्दा पहिले आएको पाउरोटी उद्योग थियो अम्मर पाउरोटी । अम्मर खड्काले सञ्चालन गरेको अम्मर पाउरोटी त्यस्तै राजन पाउरोटी पहिलो उद्योगको रुपमा बागलुङ बजारमा पाउरोटी उत्पादन गर्थे । त्यसपछि २०४४ सालतिर देउराली पाउरोटी ,शंकर पाउरोटी र शिवशँक्ति पाउरोटी पनि उत्पादनमा आए ।
बागलुङमा खुलेका उद्योग मध्ये राजन पाउरोटी र देउराली पाउरोटी अहिले पनि निरन्तर रुपमा सञ्चालनमा छन् ।
देउराली पाउरोटी उद्योग सञ्चालन गरेर मनोज थापाले आफ्नो परिवारको लालन पालन मात्र गर्नुभएको छैन । १२ जना भन्दा बढिलाई रोजगारी दिनुभएको छ । अहिले बजारमा आधा दर्जन जति उद्योग सञ्चालनमा छन् ।
त्यीनै कर्मठ श्रमजीवी उद्योगी मनोज थापाको सँघर्ष र सफलतालाई माथिको भिडियोमा समावेश गरिएको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
