मानसिक रुपमा अशक्त युवतीको पेटमा दुई महिनाको बच्चा रहेको बताइएको छ । उनको गर्भपतन गराउन खत्रीले रु १५ सय दिएर स्वास्थ्यकेन्द्र पठाएका थिए ।
बा.न.पा ९ तित्याङका ६४ बर्षिय देव बहादुर खत्रीले तित्याङ र भकुण्डेकाे सिमाना माझमेलाको भिरबाट हाम फालेर आत्महत्या गरेका छन् । स्थानीय एक दलित अशक्त युवतीलाई जबरजस्ती करणी गरेको आरोप लागेपछि घटना बाहिर आएको र आफूलाई दबाब भएको भन्दै २ पेज लामो सुसाइड नोट लेखेर खत्री शुक्रबार विहाना घरबाट निस्किएका थिए ।
परिवार स्रोतका अनुसार विहाना ८ बजे घाँस काट्न गएका खत्री घाँसको भारी समेत बाटो मै छाडेर सम्पर्क विहिन भएका थिए ।
खत्रीले शुक्रबार विहाना वडा अध्यक्ष राजु थापालाई आफुलाई लागेको आरोप बारे जानकारी गराएका थिए । कुराकानीमा आफुले गल्ति गरेको र पीडित युवतीकी आमाले पैसाका लागि हप्ता दिन अघिबाट दबाब दिएकोले बाँच्नु भन्दा मर्न ठिक भएको आशाय व्यक्त गरेको अध्यक्ष थापाले बताउनुभयो ।
“दिउसो १ बजे भेट्ने समय पनि दिनुभएको थियो तर साढे १२ बजे फोन हान्दा उहाँको फोनमा कल लाग्ने तर नउठेपछि सँका लागेर प्रहरी कार्यालयमा खबर गरि खोजीनिती गर्न निस्किएका थियौ ।” अध्यक्ष थापाले भन्नुभयो ।
आफूले गल्ति गरेको लगायतका विषयमा २ पेज लामो सुसाईड नोट लेखेको बारे पनि खत्रीले अध्यक्ष थापालाई जानकारी गराएका थिए । सुसाईड नोटमा पीडितकी आमाले चर्चका मान्छे लिएर कारबाहि गर्ने भन्दै दबाब दिएको साथै आफ्नो परिवार र अन्यले पनि घटना थाहा पाएकोले बेईज्येत हुने, बाँच्नु भन्दा मर्दा नै ठिक हुने उल्लेख गरेका छन् ।
शुक्रबार देखि नै जिल्ला प्रहरी कार्यालय बागलुङ र नगर प्रहरीको टोलीले फोन लोकेसन भकुण्डे देखाएपछि त्यहि भेगमा खोजी गरिएको थियो ।
शुक्रबार ५ जना प्रहरी र २ जना नगर प्रहरी, वडा अध्यक्ष सहितको टोलीले खोजी गरेको थियो । खोजी गर्दै गर्दा शनिवार मध्यान्ह १२ बजेतिर खत्रीको शव विक्षिप्त अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले बताउनुभयाे । भिरबाट हाम फालेर तल आएको हुनसक्ने पनि प्रहरी निरिक्षक केसीको भनाई छ । खत्रीको शव अहिले धौलागिरी अञ्चल अस्पतालमा राखिएको थियो ।
घटना मिलाउन गाउँमै छलफल
दुई महिना अघि मानसिक रुपमा कमजोर दलित युवती देव बहादुर खत्रीको पसलमा रिचार्ज कार्ड लिन गएकि थिइन । रिचार्ज कार्ड लिन जाँदा त्यी युवतीलाई खत्रीले पसल मै जबरजस्ति करणी गरेका थिए । उनले करणी गर्दा केहि बच्चाहरुले समेत देखेका थिए । त्यी युवतीलाई खत्रीले पटक पटक करणी गरेको पीडित युवतीको परिवारले बतायो ।
युवतीको पेटमा बच्चा बसेको थाहा पाएपछि केहि हप्ता अघि युवतीलाई रु १५ सय दिएर गर्भपतन गराउन स्थानीय स्वास्थ्यचौकीमा लगिएको थियो । उनलाई अस्पतालमा लानुपर्ने भएपछि घटना बाहिर आएको थियो ।
विहिबार साँझ र शुक्रबार विहाना केहि जनप्रतिनिधी सहित गाउँमा छलफल राखिएपनि त्यहाँ कुरा नमिलेपछि पीडित पक्ष बागलुङ बजारमा एक कानुन व्यवसायीसँग गएका थिए । त्यी कानुन व्यवसायीले युवती मानसीक रुपमा अशक्त भएकोले कुरा फेरिराखेकोले मुद्धा दर्ता गराउन समेत समस्या भएको भन्दै पीडित पक्षलाई अन्त जान सुझाव दिएका थिए ।
मुद्धाका लागि यस्तो सुझाव आएपछि पीडित युवतीका आमा र पीडित युवती निराश भएर घर फर्किएका थिए । यस अघिपनि त्यी युवतीलाई एक स्थानीय युवकले करणी गरेका थिए । करणी गर्ने युवक जेलसम्म थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
