काठमाण्डौमा धारिलो हतियार प्रहार गरि ७६ बर्षकी वुद्धा सहित ४ जनाको हत्या - Elaka Khabar

काठमाण्डौमा धारिलो हतियार प्रहार गरि ७६ बर्षकी वुद्धा सहित ४ जनाको हत्या

काठमाण्डौमा धारिलो हतियार प्रहार गरि ७६ बर्षकी वुद्धा सहित ४ जनाको हत्या

काठमाडौँ — काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा रहेको दिव्य स– मिलमा चार जनाको हत्या भएको छ । काठ मिलमा काम गर्ने कुमार भुजेलसहित ४ जनाको हत्या भएको हो । उक्त कुरा काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

काठ मिलमा गार्डका रूपमा कार्यरत कुमार भुजेलसहित उनको परिवारका ३ जना सदस्यको हत्या भएको हो । कुमार भुजेलकी श्रीमती अम्बिका भुजेल र ७६ वर्षकी आमा सुभद्रा भुजेलको समेत हत्या भएको छ । उनीहरू दोलखाका स्थायी बासिन्दा हुन् ।

त्यस्तै मोरङको बेलबारीका अन्दाजी १९,२० वर्षीय नवीन राईको पनि हत्या भएको छ । मृतक सबैको टाउँको तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट रहेको प्रहरीको भनाइ छ ।

घटनास्थलबाट सोधपुछका लागि काठमाडौंको तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । शनिबार बिहान घटनास्थलको मुचुल्का उठाई शवहरू पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइसकिएको एसएसपी मैनालीले जानकारी दिए ।

घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ । घटनाको अनुसन्धानका लागि तालिमप्राप्त प्रहरी र कुकुरको समेत परिचालन गरिएको छ । अहिले घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा समाचार