बागलुङ नगरबासीले साथ दिएमा प्रदेश कै उत्कृष्ट नगरपालिका बनाउने लक्ष्य सहित अगाडि बढेको बागलुङ नगरपालिका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भएको छ । इलाका खबरसँगको विशेष अन्तर्वातामा नगर प्रमुख श्रेष्ठले नगर विकासको दिर्घकालिन रणनीती तयार गर्दै, यातायात, शिक्षा,स्वास्थ्य र रोजगारीलाई प्राथमिकताका साथ अघि सारिएको बताउनुभयाे ।
प्रत्येक नागरिकलाई १५ मिनेटको दुरीमा स्वास्थ्य उपचार, अस्पतालाई शिक्षण अस्पतालका रुपमा विकास गर्ने, बागलुङ बजारलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने, फोहोर तथा ढल निकाशलाई नयाँ प्रविधीको प्रयोग गर्दैै व्यवस्थापन गर्ने लगायतका लक्ष्य सहित अघि बढिाएको श्रेष्ठको भनाई छ ।
बसपार्क र बलेवा अन्तराष्ट्रिय एयरपोर्टलाई पनि विशेष ढँगले सञ्चालन ल्याइने पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।
तरकारी, दुध तथा मासु,अण्डामा आत्मनिर्भर बनाउने र बाहिरबाट आउने सामानलाई प्रतिस्थापन गर्ने लक्ष्य रहेको पनि उहाँले जानकारी दिनुभयो ।
नगरकी छोरी कार्यक्रम,कुकुर होस्टेल लगायतका कार्यक्रम पनि यो बर्ष सञ्चालनमा ल्याउन लागिएको छ । नगर प्रमुख श्रेष्ठ सँगको अन्तर्वाता माथि क्लिक गरि हेर्न सकिने छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
