
जिल्लाकै अग्रणी सहकारी एकता सहकारी संस्था लिमिटेड २५ औँ बर्षमा प्रवेश गरेको छ । २०५६ सालमा स्थापना भएको सहकारी आजदेखि २५ बर्षमा प्रवेश गरेको हो ।
२५ औँ बर्ष प्रवेशको अवसरमा आज संस्थाको कार्यालयमा केक काटेर खुसी साटिएको छ ।
संस्थाका संरक्षकव्दय देव बहादुर श्रेष्ठ र पद्मचन्द्र राजभण्डारीले सयुक्त रुपमा दीप प्रज्वलन गरि केक काटेर २५ औँ बर्षगाठको शुभकामना दिनुभएको थियो ।
जिल्लाको सबै भन्दा पुरानो सहकारीमा पर्ने एकता सहकारीले २५ बर्षमा १७ सय बढि शेयर सदस्यसँग कारोबार गर्न सफल भएको छ ।
केन्द्रिय कार्यालय बागलुङ बजारमा रहेको सहकारीले तिन वटा सेवा केन्द्र उपल्लाचौर, काठेखोला र गलकोटमा विस्तार गरेको छ ।
संस्थाले २५ बर्षमा शेयर पुजी ९ करोड ५० लाख जम्मा गरेको छ । संस्थाले जगेडा कोष सहित ४ करोडको स्थापना गरेको छ । ३ सय बढि शेयर सदस्यलाई उत्पादन, शिक्षा, वैदेशिक रोजगार,व्यापार आदीमा टेवा पु¥याउने गरि रु. ३३ करोड बढि ऋण लगानी गरेको छ ।
संस्थामा अहिले बचत २७ करोड बढि छ । आफ्नै भवन रहेको सहकारीको कूल सम्पत्ती ४८ करोड रहेको सस्थाका अध्यक्ष धु्रव प्रसाद शर्माले जानकारी दिनुभयो ।
बार्षिक १ अरब भन्दा बढि काराेबार गर्दै आएको सस्थाका प्रबन्धक दिपकजँग राजभण्डारीले जानकारी दिनुभयो । सस्थामा २० जना बढिले रोजगारी पाएका छन् ।
सहकारी सस्थाले आफ्ना शेयर सेयरको दुखमा पनि साथ दिदै आएको छ । सहकारी सस्थाका शेयर सदस्यको मृत्यू हुँदा सहकारीले राहत स्वरुप रु २५ हजार रुपैँया दिने गरेको छ । शेयर सदस्यका ,परिवारका सदस्यको मृत्यू भएमा १० हजार प्रदान गर्ने गरेको पनि प्रबन्धक राजभण्डारीको भनाई छ ।
शेयर सदस्य दिदीबहिनी सुत्केरी भएमा जन्मने बच्चाको नाममा २ हजार कोषमा राखेर खाता खोलिदिने गरेको छ । त्यस्तै सस्थामा आवद्ध जेष्ठ नागरिकलाई चाडपर्व भत्ता वितरण गर्दै आएको पनि सस्थाले जनाएको छ ।
सहकारीले आधुनिक बैँंकिङ. प्रणलाीको प्रयोग गर्दै मोबाईल बैँकिंग सेवा पनि दिदै आएको छ । २५ बर्ष पुगेको अवसरमा सस्थाले सामाजिक क्षेत्रमा विभिन्न अभियान थाल्दै सकरात्मक सन्देश दिने कार्यक्रम र क्रियाकलाप सञ्चालन गरिने सस्थाका अध्यक्ष धुर्व प्रसाद शर्माले बताउनुभयो ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
