बागलुङ बिंहुमा पिकअप दुर्घटनामा परि दुई जनाकाे मृत्युु - Elaka Khabar

बागलुङ बिंहुमा पिकअप दुर्घटनामा परि दुई जनाकाे मृत्युु

बागलुङ बिंहुमा पिकअप दुर्घटनामा परि दुई जनाकाे मृत्युु

    बागलुङ जिल्लाको काठेॆखोला गाउँपालिका-५ बिहुँ ठुलढुङ्गामा पिकअप जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए ।

बागलुङको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप मध्येपहाडी लोकमार्गबाट ५ सय मिटर तल खसेको हाे । दुर्घटनामा परि जैमिनी नपा   १० का बर्ष ३६ का दुर्गा पाैडेल र चालक  कु.न.पा १  मालढुंगा निवासी २८ बर्षिय राजन्द्र माझी  मृत्युु भएको  डिएसपी केसीले जानकारी दिए।
घटनास्थलमा प्रहरी र स्थानीयले खोजी एवं उद्धार गरेकाे  थियोे ।।
घटनास्थल सदरमुकाम देखि करिब २० किलोमिटर पश्चिममा रहेको छ ।

ताजा समाचार