गण्डकी प्रदेशमा पहिचान बनाउदै ताराखोलाको आलु - Elaka Khabar

गण्डकी प्रदेशमा पहिचान बनाउदै ताराखोलाको आलु

गण्डकी प्रदेशमा पहिचान बनाउदै ताराखोलाको आलु

वसन्त विक
ताराखोको आलुकाे अहिले गण्डकी प्रदेशमा माग बढेकाे छ ।
किसानको मुख्य आम्दानीको श्रोतका रुपमा रहेकाे आलुकाे माग बढेसंगै आलु खेति प्रति अझै आकर्षण बढेकाे स्थानिय मिथुन घर्ती बताउनु हुन्छ ।
ताराखोला गाउँपालिका बाट गत वर्ष मात्र ७ लाख १२ हजार ५ सय ६८ के जि आलु उत्पादन भएको कृषि शाखा प्राविधिक संजिब थापाले जानकारी दिनुभयाे ।

आलुको लागि बजार सजिलै पाइने भएकोले किसानले हरेक वर्ष आलु उत्पादन बढाउने प्रयास गरेको ताराखोला–वडा न. ५ का अध्यक्ष मन बहादुर रोका मगरकाे भनाई छ ।
रोकाका अनुसार गत वर्ष १ एक सय मुरी उत्पादन गरेको र यो वर्ष भने १ सय २० मुरी भन्दा धेरै उत्पादन हुने विश्वास छ ।
आएका पाहुनालाई खुवाउनेदेखि कोसेली पठाउने सम्म पनि तराखोलाको आलु प्रख्यात मानिन्छ । त्यस्तैे आलुबाट चिप्स बनाउने उद्याेग पनि केही बर्ष अघि सञ्चालनमा ल्याईएकाे थियाे।
उक्त उद्याेगलाई अझै व्यवस्थित गरेर लैजान पालिककाले कार्यक्रम बनाइरहेकाे ताराखाेेला गाउँपालिकाका अध्यक्ष धन बहादुर बिकले बताउनुभयाे ।
त्यस्तै बागलुङको ढोरपाटनमा नगर पालिकाको ढोर क्षेत्र ,काठेखोला गाउँपालिकाको धम्जा, बागलुङ नगरपालिकाको भकुण्डे, जैमिनी नगरपालिकाको दमेक र बरेङ गाउँपालिकाको सुखौरा भित्रीवन पनि आलुको लागि प्रख्यात ठाउँ हुन् ।
ताराखोलाको आलु १ केजीकाे रु .४० र एक पाथीकाे २ सय रुपैयाँमा बिक्री हुदैे आएको स्थानिय कृषक शर्मिला रोका मगरले बताउनु भयाे ।

ताजा समाचार