
बागलुङ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देव कुमार नेपालीले बचतकर्ताको रकम फिर्ता गर्न कम्तिमा ६ महिनाकाे समय दिन आग्रह गरेका छन् । सोमबार बागलुङको ब्राउनआइज पार्टी प्यालेसमा बचतकर्ता जम्मा गरि अध्यक्ष नेपालीले रकम फिर्ता गर्नेेबारे प्रतिबध्दता जनाएका हुन्
“सहकारीमा तरलता अभाव रहेकोले चलअचल सम्पती वेचेरे भएपनि बचतकर्ताको रमक फिर्ता गर्छु । मलाई ६ महिनाको समय दिनुु्स् ।”नेपालीले भने ।
तरलता अभावको कारण सबै बचतकर्ताहरुको रकम एकै पटक दिन कठिन हुने र त्यसको लागि आफनो विभिन्न ठाउँमा रहेको घर जग्गा विक्री गरेर भएपनि भुक्तानी गर्ने उनको भनाइ थियो ।
शेयर तथा वचतकर्ताले सबै हिसाब र रकम फिर्ता गर्ने आधिकारिक स्राेत के छ ? त्याे सार्वजनिक गरी सवै सेयर सदस्य र बचतकर्ता ढुक्क हुने वातावरण बनाउन आग्रह गरेका थिए ।
रकम फिर्ताको लागि विज्ञ समूह बनाएर त्यसको रोहवरमा बचत फिर्ता गर्न अध्यक्ष देव कुमार नेपालीले आफै पहल गर्नु पर्ने नभए आफूहरुले संम्बन्धित निकायहरुमा उजुर गर्ने बचतकर्ताहरुले माग गरेका थिए ।
अध्यक्ष नेपालीका अनुसार सेयर र बचतकर्ताकाे जम्मा गरेको रकम एक अर्ब पचास लाख रहेकाे र ६ करोड घर जग्गा दिएर व्यवहार मिलाइएकाे छ ।
सहकारीका प्रबन्धक शक्ति किसानले सस्थाको वित्तीय अवस्थाको बारेमा जानकारी गराएका थिए ।उनका अनुसार सस्थाको शेयर पूजी ३ करोड १० लाख २८ हजार २ सय छ । बचत ८२ करोड ३८ लाख ३४ हजार ७ सय ८३, लगानी ५९ करोड, ६५ लाख ३५ हजार ५ सय ६३ छ ।सस्था मा १ करोड ३० लाख २४ हजार २ सय ८८ तरल रकम रहेको प्रबन्धक किसानले जानकारी दिएका थिए ।सस्थाकाे स्थिर सम्पती ३० करोड ५४ लाख २६ हजार ८ सय ५५ रहेको छ ।
इमेज सहकारीमा बचतकर्ताहरुले बढीमा सात करोडसम्म बचत गरेका थिए ।२०६९ सालदेखि बागलुङ सदरमुकाममा सेवा सुरु गरेको सहकारीले गलकोट, बुर्तिवाङ र पोखरामा पनि काराेबार संचालन गरेको छ ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
