कालिका दशक विशेष सम्मानबाट कलाकार,समाजसेवी लक्ष्मण श्री र कालिका पत्रकारिता बाट दुई पत्रकार पुरस्कारबाट सम्मानित - Elaka Khabar

कालिका दशक विशेष सम्मानबाट कलाकार,समाजसेवी लक्ष्मण श्री र कालिका पत्रकारिता बाट दुई पत्रकार पुरस्कारबाट सम्मानित

ऐतिहासिक चैत्रास्टमी मेलाको अवसर पारेर कालिका भगवती गुठीले समाजसेवी तथा कलाकार लक्ष्मण श्रीलाई कालिका दशक विशेष सम्मान गरेको छ । साथै कालिका पत्रकारिता पुरस्कार बाट पत्रकार व्दय रामकृष्ण बोहरा र विजय मण्डेलालाई सम्मान गरेको छ ।
दश बर्षदेखि मेलालाई भव्य रुपमा सम्पन्न गर्न र कालिका भगवतीका हरेक क्रियाकलापमा विशेष योगदान दिएको भन्दै उक्त योगदानको कदर गर्दै कालिका दशक विशेष सम्मान गरिएको चेत्राष्टमी मेलाका सँयोजक तथा कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो ।
जिल्लाका आधा दर्जन बढि साँसद,पालिका प्रमुख तथा विशिष्ट व्यक्तिहरुको उपस्थितीमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले सम्मान पत्र प्रदान गर्नु भएको थियो ।
बर्षेनी पर्यटन र कालिका भगवती गुठीका गतिविधीलाई प्राथमिकताका साथ प्रसार प्रसार गर्ने पत्रकार मध्ये बाट कालिका पुरस्कार दिदै आएको छ ।
कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलामा विभिन्न प्रतियोगितात्मक र मनोरञ्जनात्मक कार्यक्रमहरु चलिरहेका छन् ।
खुल्ला पूरुष भलिबल प्रतियोगिताको फाईनल, लोक तथा दोहोरी गित प्रतियोगिताको फाईनल सँगै आज मेलाको समापन गरिदै छ ।
खुल्ला छेलाये प्रतियोगितामा किरण सुनार प्रथम,रोहित सुनार दोस्रो र कुमार सुनार तेश्रो हुनुभएको छ ।

 

ताजा समाचार