जिल्ला प्रहरी कार्यालय बागलुङले प्रहरीले गरेका विभिन्न गतिविधीलाई जानकारी दिने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेकाे छ ।
सामु सामुदायिक प्रहरी सेवा केन्द्र बानपा ३ मा आयाेजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी निरिक्षक याेगेन्द्र कुमार खड्काले जिल्ला प्रहरी कार्यालय बागलुङले गरेका विभिन्न गतिविधि बारे जानकारी दिनुभएको थियाे ।
नागरिक प्रति पूर्ण जिम्मेवार वहन गर्दै समाजमा हुने अपराध न्युनिकरण गर्न र नागरिकलाई शान्ति सुव्यवस्था कायम गराउन प्रहरी संगठन लागि परेकाे बताउनु भयाे ।
प्रहरीले नागरिक संग साझेदारी गर्दै नागरिककै पक्षमा काम गरिने भएकाेले सबै नागरिकको साथ सहयाेग आवश्यक रहेकाे उपरीक्षक खड्काले बताउनु भयाे ।
प्रमुख जिल्ला अधिकारी राेशनी कुमारी श्रेष्ठले सामुदायिक प्रहरी साझेदारि कार्यक्रमले नागरिक र प्रहरी बीचकाे सम्बन्ध निकट बनाउने र अनुसन्धान सघाउ पुग्ने बताउनुभयाे ।
प्रहरीकाे गतिविधि र काम प्रति नागरिक समाजका अगुवा,विभिन्न संघसस्थाका व्यक्ति तथा उपस्थित नागरिकले आफ्ना गुनासा,अनुभव र धारणा राखेका थिए ।

बाग्लुङ सेवा समाज अमेरिका न्युयोर्क च्याप्टरको अधिवेशन सम्पन्न , जिबनाथ कँडेलकाे नेतृत्वमा नयाँ कार्यसमिती

बागलुङ क्षेत्र नं १ मा ईन्जिनियर खिमानन्द कँडेलकाे चर्चा

जेठ १४ बाट हराएका सिगानाका कुमार परियार अझै भेटिएनन्

रोमानियामा नेपाली जनप्रगतिशील मन्च गठन, टेकराज क्षेत्री अध्यक्ष चयन
