गलकाेटमा मानसिक अपांग एकल महिला माथि जबर्जस्ती करणी , मुद्दा मिलाउन गाउँमा छलफल,आराेपि फरार - Elaka Khabar

गलकाेटमा मानसिक अपांग एकल महिला माथि जबर्जस्ती करणी , मुद्दा मिलाउन गाउँमा छलफल,आराेपि फरार

गलकाेटमा मानसिक अपांग एकल महिला माथि जबर्जस्ती करणी , मुद्दा मिलाउन गाउँमा छलफल,आराेपि फरार

गल्काेट- २ नरेठाँटीकि एक मानसिक रुपमा अपांग एकल महिला माथि पटक-पटक बलात्कार भएकाे घटना गाउँमै गुपचुप पार्न खाेजिएकाे छ ।
मानसिक रुपमा अपांग ४८ बर्षिय दलित समुदायकि महिलालाई  २८ बर्षिय राम बहादुर खत्रीले असार देखि विभिन्न ठाउँमा जबरजस्ती करणी गर्दै आएकाे परिवार स्राेतले जानकारी दियाे । उनलाई सुरुमा मकै खन्न जाँदा बाख्रेमा,भिरमा र उनकै घरमा विभिन्न समयमा जबरजस्ती करणी गरेकाे परिवारले आराेप लगाएकाे छ ।
आफूले गल्ति गरेकाे र कानुनी बाटाेमा नजान पीडक खत्री र उनकाे परिवारले विभिन्न बिकल्पमा पीडित परिवारसंग धेरै पटक छलफल गरेका थिए ।
आरेापी खत्रीले त्यी महिलाकाे पेटमा गर्भ रहेकाे आशंका गरि महिलालाई जबरजस्त गर्भ चेक गराउन नरेठाटी स्वास्थ्यचौकीमा समेत लगेका थिए । गर्भ चेक गराउन जाँदा पीडित महिला, उनकी छाेरीलाई पनि संगै लगिएकाे थियाे । महिलाकाे पेटमा गर्भ नभएकाे रिपाेर्ट स्वास्थ्यचाैकिले दिएको थियाे । घटना सबैतिर थाहा भएपछि खत्रि केहेि समयपछि गाउँ छाडेर भागेकाे स्राेतले बतायाे ।

  पीडित महिलाकाे तर्फबाट उजुरी गर्न इलाका प्रहरी कार्यालय गलकाेटमा एक पटक पुगेपनि प्रहरीले पीडित महिला स्वंयम आफै आएर उजुरी गर्नुपर्ने जानकारी दिएपछि घर फर्किएका थिए ।

परिवारकाे अवस्था कमजाेर भएकाे र मुद्दा मामिला बारे जानकारी नभएकाले पनि कतै उजुरी नगरिएको परिवारले जनाएको छ ।
पीडित महिलाका श्रीमानकाे २० बर्ष अघि मृत्यु भएकाे थियाे । घरमा साना छाेराछाेरी ,महिला आफै मानसिक रुपमा कमजाेर भएकाेले पनि याे घटनामा पीडकका विरुद्द कुनै कानुनी उपचार खाेज्ने प्रकृया अघि नबढेकाे स्थानियकाे भनाई छ ।
स्थानियका अनुसार उक्त मुद्दा मिलाउन पीडक पक्षले पीडित पक्षसंग धेरै पटक छलफल गरेकाे थियाे । पीडित पक्षले पीडक खत्रीलाई उपस्थित गराए मात्र छलफलमा बस्ने अडान राख्दै आएका छन्  ।
प्रहरीले भने अहिलेसम्म कुनै लिखित उजुरी नआएकाे र उजुरी आए अनुसन्धानको प्रकृया अघि बढाउने जानकारी दियाे ।

ताजा समाचार